मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२०७८ जेठ १९ बुधबार १४:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चौधरी उद्योगको बियर प्लान्टमा लागेको आगो नियन्त्रण हुन सकेन

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
२०७८ जेठ १९ बुधबार १४:२१:००

पूर्वी नवलपरासीको देवचुली नगरपालिका– २ मा रहेको चौधरी उद्योगको नेपाल आइस बियर प्लान्टमा बुधबार बिहान लागेको आगो अहिलेसम्म नियन्त्रत्रणमा आउन सकेको छैन । 

बिहान साढे ८ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

बियरको गोदाममा बढी क्षति भएको छ । आगलागीबाट करोडभन्दा बढीको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ, तथापि आगो नियन्त्रणमा आएपछि मात्र क्षतिको विवरण यकिन हुने गिरीले बताए ।

आगो नियन्त्रणको प्रयास भइरहेको छ । पाँचवटा दमकल, डेढ सयको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी, कारखानाका कामदारहरूबाट आगो नियन्त्रणको  प्रयास भइरहेको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्राम्भिक अनुमान गरिएको छ ।