१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
लक्ष्मण खनाल
२o८१ बैशाख ३१ सोमबार १४:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रवास डिजिटल संस्करण

युएईमा समस्यामा परेका नेपाली भन्छन्– सरकार देश फर्कन पाऊँ

Read Time : > 1 मिनेट
लक्ष्मण खनाल
२o८१ बैशाख ३१ सोमबार १४:३२:oo

नेपालमा बढ्दै गइरहेको कोरोना महामारीको कारण युएई र नेपालबीच हवाई आवागमन बन्द भएपछि देश फर्कन नपाएर युएईमा अलपत्र परेका नेपालीको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । विभिन्न रोजगारीमा आएका र रोजगारी गुमाएका, भिजिट भिसामा आएका, कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको संख्या बढ्दो छ ।

हवाई आवागमन बन्द भएका कारण देश फर्कन नपाउँदा उनीहरूको भिसा सकिएर ओभर स्टे हुने र सोबापत दिन प्रतिदिन युएईको कानुनअनुसार जरिवाना पनि बढ्दै जाने हुँदा नेपाली समस्यामा परेका छन् । कति नेपाली कोरोनाका कारण देशमा भएको भयावहमा आफन्तहरू गुमाउनुपर्दा, घरमा समस्या हुँदा चाहेर पनि नेपाल जान पाएका छैनन् ।

अलपत्र नेपालीलाई आश्रय दिँदै एनआरएन
हवाई आवागमन बन्द भएपछि नेपाल फर्कन नपाएका र विभिन्न कारणले युएईमा समस्यामा परेका नेपालीलाई एनआरएन युएईले आश्रय दिएको छ ।  एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदअन्तर्गत वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा सञ्चालित राहत तथा उद्दार परियोजनाअन्तर्गत एनआरएन युएईले अहिले ६३ जना नेपालीलाई आश्रय दिइरहेको छ । विभिन्न रोजगारीमा आएका र रोजगारी गुमाएका, भिजिट भिसामा आएका, कम्पनी बन्द भएर अलपत्र परेका नेपाली आश्रय स्थलमा रहेका छन् । उक्त आश्रय स्थलमा पाँचजना महिला र बाँकी पुरुषहरू रहेका छन् ।

दुईजना तलबी स्वयंसेवक राखेर एनआरएनले समस्यामा परेका नेपालीका युएईमा गर्नुपर्ने कानुनी प्रक्रियामा सहजीकरण गर्ने दूतावाससँग समन्वय गर्ने गरेको एनआरएन युएईका कार्यबाहक अध्यक्ष निरञ्जन सिलवालले बताए ।
उनले आश्रयस्थलमा रहेको ६३ जना नेपालीमध्ये करिब ३० जनाको सम्पूर्ण कानुनी प्रक्रिया सकेर नेपाल फर्कन तयार रहेको तर हवाई यातायात बन्द भएका कारण उनीहरू फर्कन नसकेको बताए । उनले बाँकी व्यक्तिहरूको पनि काजगी प्रक्रिया सुरु भएको र उडान सुरु भए नेपाल फर्कन सक्ने बताए ।

उडान सुचारुको आसमा पीडितहरू 
पर्वत जिल्ला ठूली पोखरीका सूर्यप्रसाद गौतम तीन वर्ष पहिले युएई आएका हुन् । एक क्याफेमा कामदार भिसामा युएई आएका उनी दुई  वर्षसम्म उक्त क्याफेमा काम गरेपछि कम्पनी बन्द भएको थियो त्यसपछि उनी विना भिसा युएईमा आफैैँले काम खोजेर केही समय काम गरे । उनी एक वर्षदेखि विनाभिसा युएईमा छन् । पासपोर्ट पनि साथमा छैन । एनआरएन युएईको आश्रयमा आएर बसेका उनी कानुनी प्रक्रिया सकेर नेपाल फर्कन चाहन्छन्, तर उडान बन्द छ । उनी भन्छन्, ‘हरेक दिन जरिवाना बढिरहेको छ उडान खुले नेपाल कहिले पुग्न पाइन्छ भन्ने आशा छ ।’
 

ad
ad