१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १९:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन : आयोगले दियो उम्मेदवारलाई चुनावचिह्न 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:o९:oo

निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा आगामी १७ जेठमा हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका उम्मेदवारलाई चुनावचिह्न प्रदान गरेको छ । आइतबार आयोगले विज्ञप्ति जारी गर्दै एमालेका उम्मेदवार चन्द्रबहादुर खडकालाई सूर्य चिह्न र कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेयलाई रूख चिह्न दिएको जनाएको छ । 

यसअघि माओवादी केन्द्रबाट निर्वाचित खड्का एकीकृत पार्टी विभाजन भएसँगै एमालेमा प्रवेश गरेका थिए । उनी एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले उनलाई राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गर्न सिफारिस गरेको थियो । उनी निर्वाचित लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको रिक्त पदमा हुन लागेको उपनिर्वाचनमा एमाले र कांग्रेसको मात्रै उम्मेदवारी परेको छ ।  आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर चुनाचिह्न प्रदान गरेको आयोगका सहसचिव तथा प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
 

ad
ad