१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ६ आइतबार o८:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

उपत्यकामा कोरोना संक्रमण घट्दै, उपत्यकाबाहिर बढ्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o८:१३:oo

पछिल्लो एक साता काठमाडौं उपत्यकामा कोरोना संक्रमण घटिरहँदा उपत्यकाबाहिरका जिल्लामा भने संक्रमण बढ्दै गएको छ । खासगरी प्रदेश १ र २ का जिल्लाहरूमा संक्रमण दैनिक बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार बुधबार देशमा आठ हजार एक सय ७३ जनामा संक्रमण पुष्टि हुँदा दुई हजार ६ सय ८६ जना उपत्यकाका छन् । यसअघि एकैदिन उपत्यकामा करिब चार हजार दुई सयसम्मलाई संक्रमण पुष्टि भएको थियो । एक सातायता निरन्तर रूपमा उपत्यकामा नयाँ संक्रमण घटेको छ । 

उपत्यकामा नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढेकाले सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ । पाँच दिनमा सक्रिय संक्रमितको संख्या साढे पाँच हजार घटेको छ । १ जेठमा उपत्यकाका सक्रिय संक्रमितको संख्या ४२ हजार दुई सय २५ रहेकोमा ५ जेठमा ३६ हजार सात सय ३५ मा झरेको छ । १ जेठमा काठमाडौंमा सक्रिय संक्रमितको संख्या ३० हजार एक सय २४, ललितपुरमा सात हजार एक सय एक र भक्तपुरमा पाँच हजार थियो । ५ जेठमा सक्रिय संक्रमितको संख्या काठमाडौंमा २५ हजार ५८, ललितपुरमा ६ हजार आठ सय १७ तथा भक्तपुरमा चार हजार आठ सय ६० छ । 

उपत्यकाकाआसपासका जिल्लामा भने संक्रमण बढेको छ । काभ्रेमा बुधबार एक सय ५५, धादिङमा एक सय १७ र सिन्धुपाल्चोकमा एक सय २२ जनामा संक्रमण पुष्टि भएको छ । यी जिल्लामा दैनिकजसो संक्रमित संख्या बढेको छ । पहाडी जिल्लामा लकडाउन प्रभावकारी नभएको तथा परीक्षण र ट्रेसिङसमेत नहुँदा गाउँ–गाउँमा संक्रमण बढेको छ । 

प्रदेश १ मा पाँच दिनको बीचमा नयाँ संक्रमितको संख्या करिब दोब्बर भएको छ । बुधबार एक हजार दुई सय तीनजनामा संक्रमण पुष्टि भएको छ । १ जेठमा ६ सय ९५ जनामा संक्रमण देखिएको थियो । प्रदेश १ का मोरङ, झापा, सुनसरीमा संक्रमण बढ्दो छ । मोरङमा बुधबार तीन सय ८३, झापामा तीन सय ४४ तथा सुनसरीमा दुई सय नौजनामा संक्रमण पुष्टि भएको छ । 

प्रदेश २ मा बुधबार सात सय ३५ मा संक्रमण पुष्टि भएको छ । १ जेठमा यहाँ नयाँ संक्रमितको संख्या चार सय ७४ थियो । प्रदेश नम्बर २ का धनुषा, बारा र महोत्तरीमा बुधबार धेरै संक्रमण देखिएको छ । धनुषामा एक सय ९९, बारामा एक सय ८७ तथा महोत्तरीमा एक सय २७ मा संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रदेशमा तुलनात्मक रूपमा संक्रमण घटेको छ, तर मृत्युदर भने घटेको छैन । 

ad
ad