१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ३० बिहीबार ०६:३८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

परिसंघद्वारा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ३० बिहीबार ०६:३८:००

नेपाल उद्योग परिसंघले सरकारलाई अक्सिजन कम्सन्ट्रेटर हस्तान्तरण गरेको छ । परिसंघले आफ्नो सदस्य संस्था होङ्सी–शिभम् सिमेन्टमार्फत ८ लिटर क्षमताका २ सय थान अक्सिजन कन्सन्ट्रेटर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको हो । 

२ करोड रुपैयाँबरावरको सामग्रीहरू बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले महामारी तथा अक्सिजनको अभाव अहिलेको समयमा उपलब्ध सामग्रीहरूले अक्सिजन सिलिन्डरको विकल्पका रूपमा राहत हुने बताएका थिए । सामग्रीहरू हस्तान्तरण गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले राष्ट्रको संकटका बखतमा नेपालको निजी क्षेत्र सरकारसँगै रहेको बताए । 

कोभिड–१९ को दोस्रो लहरसँगै देशका अधिकांश स्थानहरूमा निषेधाज्ञा जारी भएको अवस्था र दिनप्रतिदिन बिरामीहरूको चाप बढ्दै गइरहेको अवस्थाका बारेमा सबै गम्भीर हुनुपर्ने परिसंघले जनाएको छ । अस्पतालहरूमा बेडको चरम अभाव देखापर्दै गएको तथा कोभिडका बिरामीहरूलाई अत्यावश्यक मानिएको अक्सिजनको समेत अभाव भएको अवस्था सबैलाई जानकारी भएको परिसंघले उल्लेख गरेको छ ।

यस्तो आपत्कालीन परिस्थितिसँग जुध्न परिसंघले यसअघि नै उद्योगहरूमा रहेको अक्सिजन सिलिन्डर नेपाल सरकारलाई उपलब्ध गराउन सबैलाई आह्वानसमेत गरिसकेको जनाएको छ । परिसंघले होङ्सी–शिभम् सिमेन्ट परिवारलाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएकोमा धन्यवाद दिएको छ ।