१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
एजेन्सी लन्डन
Invalid date format २३:o२:oo
Read Time : > 1 मिनेट
खेलकुद

तीन खेलअघि नै सिटी प्रिमियर लिग च्याम्पियन

Read Time : > 1 मिनेट
एजेन्सी लन्डन
नयाँ पत्रिका लन्डन
Invalid date format २३:o२:oo

म्यानचेस्टर सिटी पछिल्लो चारमध्ये तीन वर्षको इंग्लिस प्रिमियर लिग च्याम्पियन बनेको छ । सन् २०२०/२१ को सिजनमा भने सिटीले तीन खेलअघि नै उपाधि सुरक्षित गरेको छ ।

उपाधिको अर्को दाबेदार म्यानचेस्टर युनाइटेड २–१ ले लेस्टरसँग घरेलु मैदानमा पराजित भएपछि सिटीलाई सहज भएको हो । सिटीले समग्रमा सातौँपटक इंग्लिस प्रिमियर लिग च्याम्पियनसिपको उपाधि उचाल्ने पक्का भएको छ । सिटीलाई यो सफलता स्पेनिस प्रशिक्षक पेप ग्वार्डिओलाले दिएका हुन् । सिटीले दोस्रो स्थानमा रहेको युनाइटेडसँग स्पष्ट १० अंकको अग्रता लिएको छ । आउने तीन खेलमा सिटी पराजित भए पनि युनाइटेडले सिटीलाई भेटाउन सक्नेछैन । सिटीले ३५ खेलबाट ८० अंक जोडेको छ । युनाइटेडले समान खेलबाट ७० अंक हात पारेको छ । युनाइटेडलाई हराएको लेस्टरले ३६ खेलबाट ६६ अंक जोड्दै शीर्ष चारको दाबेदारी दिइरहेको छ । गत साता चेल्सीसँग पराजित हुँदा सिटीको उपाधि जित्ने अभियानमा धक्का लागेको थियो । सिटी लगातार तीन खेलमा पराजित भए म्यानचेस्टर युनाइटेडको उपाधि जित्ने मौका थियो । यता युनाइटेडले पनि लगातार खेलमा जित हासिल गर्नुपर्ने थियो । तर, मंगलबार राति घरेलु मैदानमा लेस्टरसँग २–१ ले युनाइटेड पराजित भएपछि सिटीले उपाधि उचाल्ने अवसर पाएको हो । 

‘हामीले विन्टर ब्रेकपछि लगातार खेलमा जित निकालेका थियौँ, हामीले उपाधि जित्ने आधार बलियो बनायौँ,’ सिटीका प्रशिक्षक पेपले भने, ‘एक प्रशिक्षकले आफू आबद्ध क्लबलाई लिग उपाधि दिलाउनु नै सपना देखेको हुुन्छ, जुन आज मैले पुनः एकपटक पूरा गर्न सफल भएँ ।’ पेपले स्पेनिस तथा जर्मनीभन्दा पनि प्रिमियर लिग निकै कठिन भएको बताएका छन् । ‘म स्पेन र जर्मनीमा पनि बसेँ, यी दुई देशको तुलनामा इंग्लिस प्रिमियर लिग अति नै कठिन भएको पाएँ, यहाँ अति नै प्रतिस्पर्धा हुँदो रहेछ,’ उनले भने, ‘यहाँका क्लब कोही पनि कमजोर छैनन्, शीर्ष, मध्यम र पुछारमा रहेका क्लबबीचको भिडन्त कहिले पनि एकपक्षीय रूपमा भएन ।’ 

सिटी पाँच वर्षमा आठ प्रतियोगितामा विजयी
सन् २०१६ मा सिटीमा आबद्ध भएयता पेपले आठ घरेलु प्रतियोगिता जितेका छन् । प्रिमियर लिगपछि अब उनको ठूलो सपना हो, सिटीलाई पहिलोपटक युरोपियन च्याम्पियन्स लिगको उपाधि दिलाउनु । सिटी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । सिटीले फाइनलमा इंग्लिस क्लब चेल्सीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रशिक्षक पेपकै प्रशिक्षणमा बार्सिलोनाले च्याम्पियन्स लिग उपाधि जितेको थियो । 

सन् २००८ मा अबुधावी समूहले सिटीमा लगानी गरेपछि यो क्लबले प्रत्येक बर्ष उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ । पछिल्लो १३ वर्षभित्र सिटीले १२ उपाधि जितेको छ ।