Skip This
गोदावरी कपको सेमिफाइनल समीकरण पूरा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २९ सोमबार
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २९ सोमबार १o:१३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

गोदावरी कपको सेमिफाइनल समीकरण पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २९ सोमबार १o:१३:oo

उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयरकपमा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार गोदावरी– १०, झ्यालुन्टारस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालामा सम्पन्न समूह चरणको अन्तिम खेलमा कीर्तिपुर नगरपालिकाले कोन्ज्योसोम गाउँपालिकाविरुद्ध ३–० को सहज जित दर्ता गर्‍यो ।

जितसँगै दुई खेलमा चार अंक जोडेको कीर्तिपुर समूह ‘डी’को विजेता बन्यो । यससँगै तारकेश्वर नगरपालिका र कोन्ज्योसोम भने समूह चरणबाटै बाहिरिएका छन् । तारकेश्वरले दुई र कोन्ज्योसोमले एक अंक जोडे । यसअघि कीर्तिपुर र कोन्ज्योसोमले तारकेश्वरसँग क्रमशः १–१ र २–२ को बराबरी खेलेका थिए ।

सेमिफाइनलमा कीर्तिपुरले साबिक विजेता काठमाडौं महानगरपालि तथा आयोजक गोदावरी नगरपालिकाले दक्षिणकाली नगरपालिकाको सामना गर्नेछन् । कीर्तिपुरलाई जित दिलाउन सन्जोग महर्जन, यमन महर्जन र समीर बोहराले गोल गरे । खेलको २९औँ मिनेटमा सन्जोगको गोलमार्फत कीर्तिपुरले अग्रता लिएको थियो ।