१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १४:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

श्रमिकका लागि राहतको कार्ययोजना ल्याउन कांग्रेस सभापति देउवाको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:o७:oo

कांग्रेस सभापति शेरबहादुर देउवाले श्रमिक र साना व्यवसायीहरूका लागि राहत र सहयोगको कार्ययोजना ल्याउन सरकारसँग आग्रह गरेका छन् ।  मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा शुभकामना सन्देश दिँदै देउवाले लकडाउनका कारण आर्थिक सामाजिक मारमा परेका आमनागरिक, श्रमिक र साना व्यवसायीहरूको जीवन कष्टकर बन्दै गएकाले आवश्यक राहत र सहयोगको कार्ययोजना अविलम्ब ल्याउन माग गरेका हुन् । 

सभापति देउवाले २००३ सालमा विराटनगरमा कांग्रेसको नेतृत्वमा मजदुरहरूको पहिलो ऐतिहासिक आन्दोलन भएको भन्दै नेपालको प्रजातन्त्र स्थापनाको आन्दोलनको प्रस्थान बिन्दु नै मजदुर आन्दोलन भएको स्मरण गरेका छन् । ‘श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन मे १ तारिखलाई संसारभर अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाइँदै आइएको छ । यस अवसरमा म सम्पूर्ण श्रमिक दिदी–बहिनी तथा दाजु–भाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ देउवाले विज्ञप्तिमार्फत भनेका छन् । 

उनले अहिले व्याप्त कोभिड–१९ को महामारी सरकारको चरम लापरबाही, असंवेदनशीलता र अकर्मण्यताको फल भएको उल्लेख गरेका छन् । ‘देश अहिले कोभिड–१९ महामारीको दोस्रो चरणमा छ । अत्यन्त कम संख्यामा पिसिआर परीक्षण हुँदा पनि ३७ प्रतिशत संक्रमित देखिनु भनेको देशमा संक्रमितको संख्या धेरै बढी भएको सहजै निष्कर्ष निकाल्न सकिन्छ ।

संक्रमणबाट मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ,’ देउवाले भनेका छन्, ‘बढ्दो संक्रमणसँगै आइसियू बेड, भेन्टिलेटर र अक्सिजनको टड्कारो अभाव देखिन थालेको छ । यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरबाही, असंवेदनशीलता र अकर्मण्यता देखिएकाे छ ।’ 

ad
ad