मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ बैशाख १७ शुक्रबार १३:०८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

निषेधाज्ञामा यस्तो देखियो चितवन (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७८ बैशाख १७ शुक्रबार १३:०८:००

कोरोना संक्रमणको जोखिमबाट बच्न चितवनमा जारी निषेधाज्ञाले बजार ठप्प बनेको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले वैशाख १६ गते बिहीबार मध्यरातदेखि वैशाख ३१ गते मध्यरातसम्म कायम रहन गरी बजार, यातायात र अन्य सेवा सम्बन्धमा आदेशहरू जारी गरेको थियो ।

अहिले जिल्लाका सिमानाहरू र चोकमा प्रहरीले आवतजावतमा कडाइ गरेको छ । प्रशासनले खाद्यान्न, तरकारीलगायतका सेवा दिने पसलहरू बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न दिएको छ । 

उद्योग, कलकारखाना सञ्चालन गर्दा कर्मचारी तथा कामदार सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र उद्योगभित्र आवासको व्यवस्था गर्नुपर्नेछ । उद्योगभित्र आवासको व्यवस्था गर्न नसके कर्मचारी तथा कामदारलाई उद्योगले नै ल्याउने–लाने व्यवस्था गर्नुपर्ने जारी आदेशमा भनिएको छ । निषेधाज्ञपछि चितवनको अवस्था यस्तो देख्यौँ–