मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७८ बैशाख १७ शुक्रबार ०७:४५:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

भारतमा प्रयोग भइरहेका ९८ प्रतिशत अक्सिमिटर चीनमा निर्मित

Read Time : < 1 मिनेट
एजेन्सी
२०७८ बैशाख १७ शुक्रबार ०७:४५:००

शरीरमा अक्सिजन लेबलबारे निरन्तर निगरानी राख्ने सानो एक यन्त्र पल्स अक्सिमिटर कोभिड महामारीका वेला विश्वभर निकै नै प्रयोगमा छ । यस यन्त्रले कुन वेला बिरामीमा अक्सिजन लेबल कम भयो र चिकित्सको सहयाता अवश्यक छ भन्ने सूचना दिन्छ । चिकित्सकहरूका अनुसार सामान्यतया ९४ देखि ९८ बीचको रेटिङलाई सामान्य मानिन्छ । 

अघिल्लो वर्ष चीन र भारतको सिमाना लद्दाखमा दुई देशका सेनाबीच विवाद भएपछि भारतमा चिनियाँ सामान बहिस्कार अभियान नै चलेको थियो । यसको केही समय यो अभियानले चर्चा पनि पाएको थियो । तर, अहिले भारतमा कोरोना महामारीको दोस्रो लहर चलिरहँदा संक्रमितहरूले प्रयोग गरिरहेको ९८ प्रतिशतभन्दा बढी अक्सिमिटर चीनमै बनेको पाइरहेको अधिकारीहरूको भनाइ छ ।

उनीहरूका अनुसार अक्सिमिटर बहिस्कारका बारेमा कुनै पनि विरोध भएको थिएन । उनीहरूका अनुसार अहिले भारतभर अक्सिमिटरको उच्च माग छ । सबैजसो सहरमा यसको माग बढिरहेको छ । यसकारण सर्वसाधारणले पनि कुन देशमा बनेको भनेर वास्ता गरिरहेका छैनन् । भारतमा बनेको अक्सिमिटर दुईदेखि तीन हजार रुपैयाँ पाइन्छ । तर, चीनमा बनेको योभन्दा पनि सस्तोमा पाइन्छ ।