
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि अर्थ मन्त्रालयमा मन्त्री खनाललाई कर्मचारीहरूले स्वागत गरेका थिए ।
उनले पदभार ग्रहण गरेसँगै चुनावका लागि बजेट व्यवस्था गर्ने निर्णय गरेका छन् । मन्त्री खनालले पूर्वतयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन् ।
पदभार ग्रहण गर्दै उनले भने, ‘अबको प्राथमिकता युवाका माग पूरा गर्नु छ, निर्वाचन गर्नु छ, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो ।’