
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले शोक दिवस मनाउनेदेखि जाँचबुझ आयोग बनाउनेसम्म निर्णय गरेको छ । सुशीला कार्की नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले जेन-जी आन्दोलनसँग सम्बन्धित निर्णयहरू गरेको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार यस्ता छन् निर्णयहरू
१. जेन-जी आन्दोलनका क्रममा सहादत प्राप्त भएकालाई सहिद घोषणा गर्ने
२. असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने, सार्वजनिक बिदा दिने
३.आन्दोलनमा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मेनसहित अन्त्येष्टि गर्ने
४. मृत्यु भएकाहरूको परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपूर्ति र अन्य खर्चबापत ५ लाख दिने
५.घाइतेहरुको नि:शुल्क उपचार गर्ने
६.शव लैजानका लागि नि:शुल्क सवारीसाधन र दुर्गमको हकमा हेलिकोप्टरको व्यवस्थापन गर्ने, दाहसंस्कारमा सघाउने
७.आन्दोलनका क्रममा भएको क्षति र ज्यादतीको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरी त्यसको प्रतिवेदनका आधारमा कारबाही गर्ने
८.सहादत प्राप्त गरेकाहरूको स्मरणमा जेनजी जागरण स्मारक पार्क बनाउने
९.अघिल्लो मन्त्रिपरिषदमा पेस भएका प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने