१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख १५ बुधबार
  • Wednesday, 02 July, 2025
२o७८ बैशाख १५ बुधबार १o:३३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

म तिम्रो सहर छोडी टाढा जाँदै छु... (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ बैशाख १५ बुधबार १o:३३:oo

हरेक मान्छेको सपनाको सहर हुन्छ राजधानी । तर, बारम्बार ती सपनामाथि राजधानीले कुठाराघात गरिरहेको छ ।  कहिले भूकम्पले थिलथिलो बनाएको शरीर लिएर सपनाहरू गाउँ फर्किन्छन् त कहिले कोरोनाको महामारीले च्यापेर ।

अघिल्लो वर्षको पीडा मत्थर नबनाईकन फेरि पनि राजधानीले सपनाहरूलाई पीडित बनाउँदै गाउँ फर्काइदिएको छ । ती सपना अहिले राजधानीको नयाँ बसपार्क, कलंकी अनि भक्तपुरको जडीबुटी हुँदै गुन्टा च्यापेर गाउँ फर्किरहेका छन् । अञ्जु पन्तले भनेझैँ साँच्चै अहिले धेरै सपना यो सहर छोडेर टाढा अर्थात्  आफ्नै गुँड फर्किरहेका छन् ।