१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जिल्ला अस्पताल लमजुङमा ज्वरो र रुघाखोकीका बिरामी बढे

दैनिक दुई सय ५० बिरामी उपचारका लागि अस्पताल आउँछन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:५९:oo

जिल्ला अस्पताल लमजुङमा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । मौसममा आएको परिवर्तनसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामी बढेका हुन् । गर्मी बढेसँगै जिल्लामा निजी तथा सरकारी अस्पतालहरूमा बिरामीको संख्या बढेको छ । ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, टाउको दुख्ने, झाडापखालालगायतका बिरामी उपचारका लागि अस्पताल आएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए । 

मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोको बिरामी बढेको चिकित्सकले बताएका छन् । बिरामीहरूमा सुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायतका लक्षण देखापरेको अस्पतालका मेडिकल अफिसर डा. वीरबहादुर स्याङतानले बताए । अस्पतालमा दैनिक दुई सय ५० बिरामी उपचारका लागि आउने गरेका छन् ।

 सरसफाइमा ध्यान नदिँदा पनि भाइरल ज्वरोको संक्रमण बढेकाले सरसफाइमा ध्यान दिनुका साथै मास्क लगाउन चिकित्सकले आग्रह गरेका छन् । ६२ शय्याको जिल्ला अस्पतालमा स्त्री रोग सेवा, आङ खस्ने, पायल्स, हर्निया, एपेन्डिक्स, हाडजोर्नी, शल्यक्रियालगायत सेवा उपलब्ध छन् । 

साथै अस्पतालले अस्पतालबाट प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन एक करोडभन्दा बढीको अत्याधुनिक उपकरणसमेत सञ्चालनमा ल्याएको छ । अस्पतालले सेवालाई प्रभावकारी बनाउन र बिरामीहरूको स्वास्थ्य समस्यालाई पहिचान गरी रोग निदानमा सहयोग पुराउने उद्देश्यले अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको हो । अत्याधुनिक मेसिन सञ्चालनमा आएसँगै बिरामीको संख्या पनि बढेको अस्पतालले जनाएको छ । अत्याधुनिक मेसिनको प्रयोगबाट सेवाग्राहीले २४ सै घन्टा सेवा पाएका छन् ।
 

ad
ad