१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ बैशाख ७ मंगलबार ०६:२८:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

जितपुर सिमरा गोल्डकप एपिएफ सेमिफाइनलमा

Read Time : < 1 मिनेट
२०७८ बैशाख ७ मंगलबार ०६:२८:००

सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब जितपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । नवजनजागृति युवा क्लबको आयोजनामा सिमरामा जारी प्रतियोगिताको सोमबार साँझ सम्पन्न खेलमा बागमती युवा क्लब सर्लाहीलाई २–१ ले पछि पार्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो । 

एपिएफको जितमा प्रदीप लामा एक्लैले दुई गोल गरेका थिए । खेलको ३२औँ मिनेटमा बागमतीविरुद्ध पहिलो अग्रता बनाएको एपिएफले अग्रता जोगाउन नसक्दा नतिजाका लागि अतिरिक्त समय कुर्नुपरेको थियो । ३२औँ मिनेटमा डी बक्सभित्र पाएको बललाई सदुपयोग गर्दै लामाले टिमलाई पहिलो अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रतासहित बागमतीलाई दबाबमा राखेको एपिएफले दोस्रो हाफमा समालिएर खेल्न नसक्दा ५२औँ मिनेटमा बराबरीमा पुग्यो । 

५२औँ मिनेटमा मनबहादुर रानाले बागमतीका प्रितम स्याङ्बोलाई लडाएपछि पाएको पेनाल्टीको मद्दतमा बागमती बराबरीमा पुगेको हो । पेनाल्टीमार्फत नीरज थापाले गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि नतिजाका लागि अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको १४औँ मिनेटमा एपिएफका प्रदीप लामाले पुनः गोल गरे । यो गोल नै खेलको निर्णायक बन्यो । बागमतीका गोलरक्षक अरुण ब्लोन अघि बढ्दा उनले सहजै गोल गर्ने अवसर पाएका थिए । 

पहिलो हाफमा दबाबमा परेको बागमती दोस्रो हाफमा लयमा फर्किए पनि पाएका थुप्रै राम्रा अवसर सदुपयोग गर्न नसक्दा जितपुर सिमरा गोल्डकपको उपाधि जित्ने होडबाट बाहिरिएको छ । 

प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलअन्तर्गत मंगलबार संकटा क्लब काठमाडौं र एफसी विजय युथ हेटौँडाबीच खेल हुनेछ । संकटा सीधै क्वार्टरफाइनल खेल्न लागेको हो भने हेटौँडाले आफ्नो पहिलो खेलमा सुदुरपश्चिम–११ धनगढीलाई हराउँदै संकटासँगको भेट पक्का गरेको थियो ।