मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ५ आइतबार १७:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

एमाले अनुशासन आयोगको विशेष ध्यानाकर्षण– ६ वैशाखको बैठक तत्काल रोकिनुपर्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ५ आइतबार १७:२१:००

एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीलाई एकताबद्ध राख्न ६ वैशाखको बैठक तत्काल रोक्न अध्यक्ष केपी ओलीको ध्यानाकर्षण गराएका छन् । आयोग अध्यक्ष अमृतकुमार बोहराले आइतबार विशेष ध्यानाकर्षण गराउँदै भनेका छन्, ‘अहिले बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरू खोजी गरिनुपर्नेमा उल्टै ०७८ वैशाख ६ गते आयोजक कमिटीको बैठक भनेर स्थितिलाई थप असहज बनाउने काम गरिँदै छ । यसलाई तत्काल रोकिनुपर्छ । उत्तेजना, आवेग, अभिमान हावी भएर कुनै पनि निर्णय गर्नुहुँदैन । पार्टीमा संयम, धैर्यता र सुझबुझ राखेर निर्णय गर्नुपर्छ ।’

बोहराले विधानको व्यवस्थाबमोजिम केन्द्रीय कमिटी, केन्द्रीय निकाय तथा मातहतका सबै कमिटीका बैठक तत्काल बोलाउन पनि आग्रह गरेका छन् ।