मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १o:२५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अब ‘फाइनल कार्ड ओपन’ हुन्छ : वर्षमान पुन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२५:oo

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अब सत्तासमीकरणका लागि ‘फाइनल कार्ड ओपन’ हुने बताएका छन् । सर्वोच्चको आदेशसँगै नेकपा पूर्ववत् पार्टीमा फर्किएपछि संविधान विघटन गर्ने र बचाउनेबीचको द्वन्द्व उत्कर्षमा पुगेको उनको भनाइ छ ।

‘हेर्दा सरकार फेर्ने र बचाउने देखिए पनि सारमा संविधान बचाउने र नबचाउनेबीचको ध्रुवीकरण हुँदै छ’ पुनले भने । त्यही द्वन्द्व एमालेमा मात्र होइन, जनता समाजवादी पार्टी हुँदै कांग्रेससम्म पुगेको उनले दाबी गरे । 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्यसमेत रहेका पुनले संविधान मान्ने पार्टीहरूबीच ध्रुवीकरणको अवस्था आएको र सबै दलले अब ‘फाइनल कार्ड ओपन’ बताए । ‘अहिले सबै पार्टीभित्र संविधान मान्ने र नमान्नेबीचको तरंग पसिसकेको छ’ नेता पुनले भने, ‘त्यो तरंगले बिस्तारै आकार लिँदै छ, अब छिट्टै सबै दलले ‘फाइनल कार्ड ओपन’ गर्छन् ।’

सरकारलाई समर्थन छैन
यसअघि माओवादी केन्द्रबाट केपी ओली नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका वर्षमान पुनले प्रधानमन्त्रीलाई अहिले पार्टीको समर्थन नरहेको बताए । प्राविधिक रूपले समर्थन फिर्ता लिँदा पुनः संविधान विघटन हुने र समग्र उपलब्धि नै धरापमा पर्ने स्थिति भएकाले अहिले त्यसो नगरिएको, तर माओवादी केन्द्रको समर्थन प्रधानमन्त्रीलाई नभएको उनको भनाइ छ । प्रधानमन्त्री र माओवादी केन्द्रको राजनीतिक लाइन धेरै फरक परेकाले समर्थन नरहेको उनले स्पष्ट पारे ।

दुईदिने पार्टी प्रशिक्षण तथा अन्य कार्यक्रमका लागि साताव्यापी भ्रमणमा रोल्पा पुगेका नेता पुनले शुक्रबार प्रेस संगठन, नेपाल रोल्पाले लिबाङमा गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका थिए । पार्टी प्रशिक्षणका लागि भन्दै पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्री जयपुरी घर्ती, लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, झक्कुप्रसाद सुवेदी, जोखबहादुर महरासहित जिल्लाका सबैजसो नेताहरू लिबाङ पुगेका थिए ।