१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २ बिहीबार १९:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सात महादेशका अग्ला शिखर आरोहण गर्दै एकै घरका तीन दिदीबहिनी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २ बिहीबार १९:३०:००

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हिमाल आरोही टोलीलाई बिदाइ गरेका छन् । एकै परिवारका तीन दिदीबहिनी सम्मिलित ‘थ्री सिस्टर अन सेभेन समिट अभियान’ टोलीलाई मन्त्रालयद्वारा बिहीबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले नेपालको झन्डा हस्तान्तरण गरेर बिदाइ गरेका हुन् । 

दोलखास्थित गौरीशंकर गाउँपालिका– ९ बेदिङका एउटै परिवारका तीन दिदीबहिनी निमाजाङ्बु शेर्पा (३० वर्ष), छिरिङ नाम्गे शेर्पा (२६ वर्ष) र दावा फुटी शेर्पा (२४ वर्ष) ले शुक्रबारदेखि सातै महादेशका अग्ला शिखर आरोहण गर्न सुरु गर्नेछन् । आरोहण दलका टोलीनेता दावा फुुटीले तीन वर्षभित्रमा सातैवटा महादेशका अग्ला शिखर आरोहण गर्ने योजना रहेको जानकारी दिइन् । 

टोलीलाई बिदाइ गर्दै मन्त्री गुरुङले आरोहण सफल बनाउन सरकारले सक्दो सहयोग, समन्वय र साथदिने प्रतिबद्धता व्यक्त गरे । एकै घरका तीनजना दिदीबहिनीले सगरमाथासहित सबै महादेशका अग्लो शिखर चुमेर विश्वमा नयाँ कीर्तिमान राख्ने योजना बनाएकोमा खुसी व्यक्त गर्दै उनले सो अभियानको पूर्ण सफलताको कामनासमेत गरे । 

कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, कम उमेरमै विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखर चुम्न सफल तेम्बाछिरी शेर्पालगायतको उपस्थिति थियो ।