१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ चैत ३१ मंगलबार १२:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलालीमा ६ हजार हेक्टर वन क्षेत्रमा आगलागी

Read Time : < 1 मिनेट
२०७७ चैत ३१ मंगलबार १२:४०:००

कैलालीमा ६ हजार हेक्टरभन्दा बढी वन क्षेत्रमा आगलागी भएको छ । डिभिजन वन कार्यालय धनगढीका अनुसार चैतमा मात्रै  जिल्लाभर ६ हजार हेक्टरभन्दा बढी वन क्षेत्रमा आगलागी भएको छ ।  

चुरे र तराईका वनमा दर्जनौँ ठाउँमा अहिले पनि आगलागी भइरहेको छ । वनमा डढेलो फैलँदै गए पनि सम्बन्धित निकायहरूबाट आगलागी नियन्त्रणका प्रयासहरू भएका छैनन् ।

 डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले केही सातायता कैलालीमा करिब ६ हजार हेक्टर वन क्षेत्र आगलागीमा परेको बताए । सबैभन्दा बढी चुरेको वनमा आगलागी भइरहेको उनले बताए । चुरेको आगलागी अहिले पनि नियन्त्र भएको छैन । चुरेसँग जोडिएका तराईका वनमा पनि आगलागीका घटना बढेका छन् ।

चुरेसँगै जैविक विविधताले महत्वपूर्ण मानिने वसन्ता जैविक मार्ग र घोडाघोडी सीमसार क्षेत्रको वनका दर्जनौँ ठाउँमा आगलागी भएको छ । संरक्षणकर्मी हिरुलाल डगौराले घोडाघोडी सीमसार क्षेत्रमा पर्ने वनमा आगलागी बढेको बताए ।

चुरे वन र भारतको दुधुवा नेसनल पार्कसँग जोडिएको वसन्ता जैविक मार्गका कैयौँ ठाउँमा आगलागी भएको उनले बताए ।

आगलागीले ससाना बिरुवा र बुट्यानहरू नष्ट हुनुका साथै वन्यजन्तु र चराचुरुंगीका वासस्थान नासिएका छन् । वन्यजन्तु र चराचुरुंगी लोप हुने अवस्थामा पुग्ने भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् ।