मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २४ मंगलबार १७:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कलाकार दीपाश्री निरौला र सरोज खनालको फेसबुक पेज ह्याक गरी फिरौती माग्ने किशोर पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २४ मंगलबार १७:१९:००

चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौला र अभिनेता सरोज खनालको फेसबुक पेज ह्याक गरी फिरौती माग्ने १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले ती किशोरलाई मंगलबार पर्साको वीरगन्जबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले अनाधिकृत रूपमा पेजमा प्रवेश गरी रकम माग्दै आएका थिए । विशेषगरी, कलाकारद्वयकै पेजमा आबद्ध भएकाहरूसँग उनले रकम मागेका थिए । उनले धम्कीपूर्ण सन्देश पनि पठाएका थिए ।

ब्युरोका प्रवक्ता एसएसपी नवीन्द अर्यालले किशोरले धम्कीपूर्ण सन्देश पठाई रकम माग्दै आएको अनुसन्धानबाट देखिएको बताए । उनले भने, ‘१४ वर्षको केटोले फेसबुक पेज ह्याक गरेको छ । पेजमा भएकाहरूसँग रकम माग गरेको छ । यसका लागि धम्कीपूर्ण सन्देश पठाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान हुँदै छ ।’

प्रहरीका अनुसार निरौला र खनालले पेज ह्याक भएको थाहा पाएपछि उजुरी दिएका थिए । सोही कारण किशोरले रकम भने कसैसँग पनि लिन नसेको प्रारम्भिक अनुसन्धानबाट देखिएको अर्यालले बताए । 

अर्यालले भने, ‘घटना अपत्यारिलो छ । यसका पछि अन्य कोही पनि हुन सक्छ । त्यो कोणबाट पनि अनुसन्धान अघि बढेको छ । अहिलेसम्म हेर्दा रकम भने कसैबाट पनि असुल्न भ्याएको पाइएको छैन ।’