Skip This
लुम्बिनी प्रदेश सभाको चालू अधिवेशन अन्त्य
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १o:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

लुम्बिनी प्रदेश सभाको चालू अधिवेशन अन्त्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १o:१४:oo

लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले मन्त्रिपरिषद् बैठकले मंगलबार राति १२ बजेबाट संसद्को चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको जानकारी दिए । संसदमा बिजनेस नभएकाले अधिवेशन अन्त्य गरेको उनले बताए ।

प्रदेश सभाको हिउँदे अधिवेशन १८ चैतमा सुरु भएको थियो । सोमबारसम्म जम्मा चारवटा बैठक बसेका छन् । मंगलबार दिउँसो बैठक बस्ने तय भइसकेको छ । सोमबार प्रदेश सभा बैठकमा सम्बोधन गरेर फर्केलगत्तै मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद् बैठक राखेर चालू अधिवेशन अन्त्यको निर्णय गराएका हुन् । पोखरेलले सोमबार नै राजपाका सांसदहरूसँग छलफल गरेका थिए ।

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा कांग्रेस, माओवादी केन्द्र, राजपासहितका दलहरू छलफलमा लागेपछि संसद् अधिवेशन सुरु भएको एक सातामै अन्त्य गर्ने निर्णय गरिएको छ । लुम्बिनीमा पोखरेल नेतृत्वमा रहेको सरकार परिवर्तनका लागि माओवादी केन्द्रसहित विपक्षी दलहरूले केही दिनयता छलफल तीव्र पार्दै आएका थिए । 

ad
ad