१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २२ आइतबार १४:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल मेडिकल कलेजमा  बच्चाको साँघुरिएको खानेनली खोलियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २२ आइतबार १४:५७:००

नेपाल मेडिकल कलेज जोरपाटीमा ६ दिने शिशुको साँघुरिएको खानाखाने नली सफलता पुर्वक खोलिएको छ । जटिल शल्यक्रिया मार्फत साँघुरिएको नसा खोलिएको बाल पेट तथा कलेजोरोग विशेषज्ञ डा.अमृत ढुङ्गेलले बताए । जन्मने बितिकैको शिशुको नसा खोल्ने प्रविधि नेपाल मेडिकल कलेजमा मात्रै भएको चिकित्सकहरु बताउँछन् ।  

चिकित्सकहरुका अनुसार यस्तो शल्यक्रिया नेपाल मेडिकल कलेजमा मात्रै हुने गरेको छ । खानेनली साँघुरिएर धागोजस्तो हुन्छ शल्यक्रियामा सहभागी चिकित्सक ढङ्गेलले भने, ‘समयमा यसको शल्यक्रिया गरेर खोल्न सकिएन भने बच्चाको मृत्यु हुन्छ । चिकित्सकका अनुसार जीवित पाँच हजार जन्ममा एक जनामा यस्तो समस्या हुने गर्छ । यो समस्या जन्मजात हुन्छ । ’

गर्भमा शिशुको विकास हुँदै जाँदा खाने नलीको भने विकास हुदैन । कतिपय शिशुको नली फोक्सोमा जोडिने र खाएको दुध सिधै फोक्सोतर्फ जाने समस्या पनि हुने गरेको चिकित्सक बताउँछन् । नेपाल मेडिकल कलेजमा यस्तो शल्यक्रिया हालसम्म १३ जनाको भएको छ । दश केजी तौल भन्दा तलको शिशुलाई गर्ने इन्डोसकोपी नेपाल मेडिकल कलेजमा मात्रै हुन्छ ।
प्राकृतिक रुपमा हुनुपर्ने विकास नभएर नलीको बीचमा धागोजस्तो सुक्ने र खाएको दुध पेटमा नपुगी बिचमा जमेर घाँटी तिर फर्कने समस्या हुने गर्छ । यस्तो समस्या देखिएको खण्डमा तत्काल शल्यक्रिया गरेर खोल्न सकेको खण्डमा शिशुलाई बचाउन सकिन्छ । चिकित्सक भन्छन्, ‘शिशुले दुध सर्काए, बमेटिङ गरेको अवस्थामा नसा साधुरो भएर पेटमा पुग्न नसकेको अनुमान लगाउनुपर्छ ।’