१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २५ मंगलबार १२:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन नेपाल समूहलाई एक साताको अल्टिमेटम 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १२:५८:oo

प्रदेश १ सभाको एमाले संसदीय दलले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन एक हप्ताको अल्टिमेटम दिएको छ । बुधबार प्रदेश सभाको संसदीय दलको कार्यालयमा बसेको बैठकले मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन एमाले माधव नेपाल समूहका  सांसदहरूलाई एक हप्ताको अल्टिमेटम दिएको हो ।

प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीका अनुसार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने माधव समूहका १५ जना प्रदेश सांसदहरूले एक हप्ताभित्र फिर्ता नलिए उनीहरू कारबाहीमा पर्नेछन् । बैठकमा माओवादी केन्द्रबाट ओली समूहमा गएका संसदीय दलका उपनेता टंक आङबोहाङसहित जम्मा ३२ जना सांसद बैठकमा सहभागी भएका थिए । 

माधव नेपाल समूहका सांसदहरूमध्ये तुलसी न्यौपाने र लीलाबल्लभ अधिकारी  मात्र सहभागी भएका थिए । उनीहरूले मुख्यमन्त्री राईविरुद्ध १२ पुसमा दर्ता भएको अविश्वासको प्रस्ताव सामूहिक छलफल गरेर फिर्ता लिन जानकारी गराएका थिए । 

तत्कालीन नेकपाका ३७ जना सांसदले हस्ताक्षर गरेर मुख्यमन्त्री शेरधनविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तीमध्ये ६ जनाले पहिले नै फिर्ता लिएका थिए । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने एमाले माधव समूहका १५ जना र माओवादी केन्द्रका १६ जना सांसदले हस्ताक्षर  फिर्ता लिएका छैनन् । 

संसदीय दलका नेता शेरधन राईको नेतृत्वमा बसेको दलको बैठकमा एमालेका ५० जना सांसदमध्ये  ओली समूहका ३२ जना सांसद सहभागी भएका थिए । बैठकले प्रदेश १ एमाले संसदीय दलको विधान पनि पारित गरेको छ ।  
 

ad
ad