१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १४:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, नेताले दोहोर्‍याए आ-आफ्नै अडानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १४:४७:oo

सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन बनेको छ। मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबारमा बोलाएको बैठकमा दलहरू आ–आफ्नै अडानमा उभिएपछि बैठक निष्कर्षविहीन भएको हो। 

बैठकपछि सभामुखले आजको बसाइबाट सदन रोकटोकविना लैजान महत्त्वपूर्ण आधार बनेको बताए पनि बैठकबाट बाहिरिएका अधिकांश नेताले पुरानै अडान दोहोर्‍याएका छन्। 

प्रमखु प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री शंकाको घेरामा रहेकोले छानबिन बन्नुपर्ने प्रानै अडान दोहोर्‍याए। 

उनले भने, ‘संसदीय छानबिन समिति बनाउनुपर्छ। प्रश्नैप्रश्नको घेरामा उभिनुभन्दा छानबिनलाई सहयोग गरेको राम्रो हुन्छ। राम्रो नेता प्रश्नले घेरिनुहुँदैन। संसद् अवरोध गर्ने नगर्ने कुरा सरकार कसरी प्रस्तुत हुन्छ भन्ने कुरामा भर पर्छ। अब आजको बैठकपछि सरकार समिति बनाएर अघि बढ्नुपर्छ भन्ने पक्षमा उभिन्छजस्तो लाग्छ।’ 

गृहमन्त्री रवि लामिछानेले महान्यायाधिवक्ता कार्यालयले नै मेरोविरुद्व केही छैन भनेपछि छानबिन समिति बनाउने आधार नै नभएको प्रतिक्रिया दिए। यस्तै नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकारको जग हल्लाउने राजनीतिक  उद्देश्यबाट कांग्रेसले माग राखेकाले छानबिन समिति नबन्ने बताए। 

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संसदमा गृहमन्त्रीलाई कांग्रेसले सहज रूपमा बोल्न दिने र समिति बनाउन थप संवाद गर्ने समझदारी भएको बताए। 

संसद्को बर्खे अधिवेशन आगामी २८ वैशाखदेखि सुरु हुँदै छ।

ad
ad