१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ४ बुधबार ०८:४२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विदेशी प्रशिक्षकसँग लामो अवधिको ‘फुटबल क्लिनिक’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ४ बुधबार ०८:४२:००

 काठमाडौं किकर्स प्रालिले विदेशी प्रशिक्षकसँग लामो अवधिको प्रशिक्षणको घोषणा गरेको छ । किकर्सले मंगलबार आफ्ना स्कटिस प्रशिक्षक ली मान्सनलाई सार्वजनिक गरेको छ ।  किकर्सले यो घोषणालाई दीर्घकालीन योजना भनेको छ ।

‘नेपालीमा फुटबलको यस्तो प्यासन छ कि त्यसलाई म व्याख्या गरेरै सक्दिनँ । कम्तीमा हामीले व्यवस्थित र उच्च खालको प्रशिक्षण दिन सक्ने होभने यहाँबाट निकै सशक्त खेलाडी निस्किन्छन् भन्ने विश्वास छ,’ किकर्सका अध्यक्ष नवीन पाण्डेलेभने, ‘अहिले बालबालिकाहरूबाट सुरु भएको प्रशिक्षणको यो कार्यक्रमले भविष्यमा पक्कै पनि हाम्रो उद्देश्य पूरा गर्नेछ ।’

उनका अनुसार प्रशिक्षण यही शुक्रबारबाट सुरु हुनेछ । शुक्रबार, शनिबार र आइतबार तीन दिन निरन्तर दुई–दुई घन्टा प्रशिक्षण हुनेछ । त्यसपछि उनीहरूको उमेर समूह र स्तर छुट्याएर नयाँ तालिकाअनुसार प्रशिक्षण अघि बढाइनेछ । कपन बालुवाखानीस्थित कपन स्पोट्र्स सेन्टरमा सञ्चालन हुने प्रशिक्षणमा तीन उमेर समूह छुट्याइएको किकर्सले जनाएको छ । ६ देखि ९, ९ देखि १३ र १३ देखि १६ वर्षसम्मका खेलाडीलाई प्रशिक्षण दिने जनाएको छ । 

प्रशिक्षक मान्सनले आफू किकर्सको योजनाबाट प्रभावित भएर नेपाल आएको प्रतिक्रिया दिए । ‘नेपाल आउनेबारे नवीनसँग मेरो धेरै कुरा भयो । किकर्सको योजना मलाई ठीक लाग्यो,’ प्रशिक्षक मान्सनले भने, ‘नयाँ जिम्मेवारीमा उत्साहित छु ।’
युइएफएको बी लाइसेन्स गरेका मान्सनसँग स्कटल्यान्ड, अमेरिका, जापान, फिलिपिन्स र लाओसजस्ता देशहरूमा प्रशिक्षण दिएको अनुभव छ । उनले पछिल्लो समय फिलिपिन्सको क्लब फुटबलमा ठूलो सफलता हात पारेका छन् ।