Skip This
प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति शोकप्रस्ताव
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २६ बुधबार १३:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति शोकप्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १३:१६:oo

संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिले प्रतिनिधिसभा सदस्य स्वर्गीय  सूर्यबहादुर केसीको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ ।

बुधबार सिंहदरबारस्थित समितिको हलमा बसेको महिला तथा सामाजिक समितिको बैठकले समितिको सदस्यको रूपमा रहेका प्रतिनिधिसभा सदस्य स्वर्गीय  सूर्यबहादुर केसीको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । समितिको बैठकले सर्वसम्मत रूपमा शोकप्रस्ताव पारित गरेको सभापति निरुदेवी पालले बताइन् । 

समितिको उक्त बैठकमा स्वर्गीय केसीको छोरा र स्वकिय सचिवको समेत उपस्थिति रहेको थियो । कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका– १४ स्थायी निवासी स्व. केसीको ६३ वर्षको उमेरमा ०७७ साल कात्तिक १७ गते निधन भएको थियो ।

उनी नेपाली कांग्रेस पार्टीबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए भने महिला तथा सामाजिक समितिको सदस्य थिए । प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै संघीय संसद्का विभिन्न समितिहरूले आफ्ना कामहरू सुरु गरिसकेका छन् ।
 

ad
ad