१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २५ मंगलबार १८:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एसइई १३ र कक्षा १२ को परीक्षा २६ जेठदेखि, यस्तो छ परीक्षा तालिका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २५ मंगलबार १८:१७:००

राष्ट्रिय परीक्षा बोर्डले एसइईको १३ र कक्षा १२ को २६ जेठदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्ड बैठकले परीक्षाको समय निर्णय गरेको हो । 

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले शैक्षिक सत्र जेठ मसान्तसम्म लम्बिएकाले त्यहीअनुसार परीक्षा सञ्चालनको निर्णय गरेको बताए ।

एसइई र कक्षा १२ को परीक्षा बिहान ८ बजेदेखि सुरु गर्दै छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयले १३ जेठमा अनिवार्य अंग्रेजी, १४ जेठमा अनिवार्य नेपाली गर्ने भएको छ ।

त्यसैगरी १६ गते अनिवार्य गणित, १७ गते अनिवार्य विज्ञान, १८ गते अनिवार्य सामाजिक, १९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, २० गते ऐच्छिक प्रथम र ऐच्छिक द्वितीय पत्रका विषयमा परीक्षा सञ्चालन हुनेछ । प्राविधिकतर्फका विषयको परीक्षा भने २३ जेठसम्म सञ्चालन हुनेछ । 

त्यसैगरी, कक्षा १२ मा २६ जेठमा अनिवार्य अंग्रेजी विषयबाट परीक्षा सुरु हुने भएको छ ।