१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ फाल्गुण २२ शनिबार १७:२२:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

रोटरी हाफ म्याराथनको उपाधि पर्वतका अनिष थापा मगरलाई

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण २२ शनिबार १७:२२:००

रोटरी हाफ म्याराथनको उपाधि पर्वतका अनिष थापा मगरले जितेका छन् । उनले २१ किलोमिटरको दौड एक घन्टा ३४ मिनेट ५० सेकेन्डमा पूरा गरेका थिए । 
उनले पुरस्कारबापत प्रमाणपत्र र नगद एक लाख हात पारेका थिए । ४३ सेकेन्डले पछि परेका पाँचथरका दीपक सुहाङ दोस्रो भए । उनले नगद ७५ हजार प्राप्त गरे । मगर र सुहाङ दुवैजना भारतीय सेनाको गोर्खा राइफल्सका जवान हुन् । 

एपिएफ हलचोक सेन्टरका किरण बोगटी तेस्रो हुँदै ५० हजार हात पारे । महिलातर्फ एपिएफकी भावना साहीले उक्त दूरी एक घन्टा ३८ मिनेट २५ सेकेन्डमा पार गर्दै प्रथम भइन् । उनीले २० हजार नगद प्राप्त गरिन् । दोस्रो भएकी नेपाली सेनाकी मनीषा थापाले १५ हजार तथा बर्दियाकी कल्पना थारू तेस्रो हुँदै नगद दश हजार पुरस्कार प्राप्त पारिन् । दौडमा एक सय १६ जना धावकको सहभागिता थियो । रुपन्देहीको बुटवल अस्पताल लाइनबाट सुरु भएको म्याराथन भैरहवा नारायणपथमा पुगी सम्पन्न भएको आयोजक संस्था रोटरी हाफ म्याराथनका संयोजक राजकुमार गुप्ताले जानकारी दिए ।

रोटरी क्लब अफ भैरहवाको आयोजना, मारुती फुडपार्क काठमाडाैँ गेट प्रिमियर बासमती राइसको मुख्य प्रायोजन र नेपाल अम्बुजा सिमेन्टको सहप्रायोजनमा भएको म्याराथनमा इंग्लेन्डका १, ५ महिलासहित देशैभरबाट १ सय १६ जना धावकहरूको सहभागिता रहेको थियो । 

म्याराथनका विजेताले नगद १ लाख, उपविजेताले ७५ हजार, तेस्रो स्थान हासिल गर्नेले नगद ५० हजार तथा सान्त्वना पुरस्कार दुईजनालाई नगद ५ हजार १ सय रुपैयाँबाट पुरस्कृत गरिएको   छ । 

त्यस्तै, महिला खेलाडी सहभागिताका लागि क्लबले विजेतालाई नगद २० हजार उपविजेताले १५ हजार तृतीयलाई १० हजार र सान्त्वना एकजनालाई ५ हजार नगदले पुरस्कृत गरिएको संयोजक गुप्ताले जानकारी दिए । प्रतियोगिताको उद्घाटन रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले र समापन रोटरी इन्टर्नेसनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर राजीव पोखरेलले गरेका थिए ।