मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ फाल्गुण २२ शनिबार १७:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लम्साललाई महालक्ष्मी साहित्य पुरस्कार 

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २२ शनिबार १७:१४:००

यस वर्षको ‘महालक्ष्मी साहित्य पुरस्कार’ साहित्यकार तथा पत्रकार डा. नवराज लम्साललाई प्रदान गरिने भएको छ । २०५९ देखि निरन्तर महालक्ष्मी विकास बैंकले प्रायोजन गर्दै आएको ५१ नगद हजार राशिको ‘महालक्ष्मी साहित्य पुरस्कार–२०७७’ लम्साललाई प्रदान गरिने भएको हो । लामो समयदेखि काठमाडौं रहेर साहित्य क्षेत्रमा योगदान पु¥याउँदै आएका महालक्ष्मी र मातृभूमि साहित्य समाज मकवानपुरले लम्साललाई पुरस्कार दिने संयुक्त निर्णय गरेको हो । 

यसअघि २१ हजार एक रुपैयाँ राखिएको पुरस्कार रकम यस वर्ष वृद्धि गर्दै ५१ हजार पु¥याइएको महालक्ष्मीका हेटौँडा शाखा प्रबन्धक शम्भुप्रसाद पराजुलीले बताए । उनका अनुसार यस वर्ष सत्रौँपटकको पुरस्कार लम्साललाई प्रदान गर्दै रकम बढाइएको हो ।

यसैगरी, मातृभूमि राष्ट्रिय स्रष्टा सम्मान २०७६ कवि देवराज खरेल र मातृभूमि मकवानपुरश्री सम्मान–२०७७ केदारप्रसाद न्यौपानेलाई प्रदान गरिने मातृभूमिका अध्यक्ष माधव पोखरेलले जानकारी दिए । पुरस्कार र सम्मान फागुन २९ गते शनिबार एक समारोहका बीच प्रदान गरिनेछ ।