१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
शान्ति तामाङ काठमाडौं
२०७७ फाल्गुण २२ शनिबार ०२:५१:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

काठमाडौं महानगरले तोक्यो कोरोनाविरुद्धको खोप लगाउने १५ केन्द्र

बिहान १० बजेदेखि ४ सम्म पायक पर्ने केन्द्रमा खोप लगाउन सकिने

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडौं
२०७७ फाल्गुण २२ शनिबार ०२:५१:००

दोस्रो चरणको कोभिड– १९ विरुद्धको खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले १५ खोप केन्द्र तोकेको छ । २३ फागुनबाट सुरु हुने अभियानमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी तथा सार्वजनिक यातायातका चालक र सहचालकलाई खोप दिने तयारी छ । 

खोप केन्द्र अस्पताल नै हुनुपर्ने प्राबधानले महानगरभित्रका १५ वटा अस्पतालमा खोप केन्द्र तोकिएको छ । महानगरपालिकाले परिचय खुल्ने फोटोसहितको परिचयपत्र देखाएपछि तोकिएकामध्ये पायक पर्ने अस्पतालमा खोप लगाउन सकिने जनाएको छ । 

बिहीबार मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा खोप व्यवस्थापनका लागि पालिका समन्वय समितिको बैठक बसेको छ । ‘पाको उमेरका व्यक्तिलक्षित समूहमा परेकाले आराम गर्ने तथा तातो वा चिसो पानी र बिस्कुटको व्यवस्था गरिनेछ,’ बैठकमा मेयर शाक्यले भने, ‘सबैको पहुँचमा खोप पु¥याउने र खोप केन्द्रमा कमभन्दा कम भिड गराउने प्रयास हुनेछ ।’ तोकिएकाबाहेकका अस्पतालले पनि खोप कार्यक्रम सञ्चालन गर्न चाहे महानगरले सघाउने उनले बताए ।

एउटा केन्द्रमा दुईजना खोप दिने र ६ जना स्वयंसेवक खटाउने तयारी छ । महानगरमा करिब दुई लाख १५ हजार व्यक्ति खोपका लक्षित समूहमा छन् । तीमध्ये करिब एक लाख ५० हजार खोपका लागि आउने अनुमान महानगरले गरेको छ । 

जनस्वास्थ्य महाशाखा प्रमुख रामप्रसाद पौडेलका अनुसार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । उनका अनुसार खोप लगाउन जाँदा नागरिकता, मतदाता परिचयपत्र, चालक अनुमतिपत्र वा कार्यालयको परिचयपत्रमध्ये एक लिएर जान सकिन्छ । परिचयपत्र उपलब्ध नहुनेका लागि सिफारिस आवश्यक पर्नेछ ।

खोप केन्द्रहरू

- शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु, (वडा १२, १३, १४, २० र २१) 

- वीर अस्पताल (वडा २२, २३, २४, २७ र २८)

- छत्रपाटी निःशुल्क चिकित्सालय (वडा १६, १७, १८, १९, २४ र २५)

- परोपकार स्त्री तथा प्रसूतिरोग अस्पताल (वडा १०, ११, २८ र २९)

- निजामती कर्मचारी अस्पताल (वडा १०, ३१ र ३२)

- मदरल्यान्ड अस्पताल, सिनामंगल, पेप्सीकोला (३२ र ६)

- काठमाडौं मेडिकल कलेज, सिनामंगल (वडा ९, ३० र ३१)

- ओम अस्पताल एन्ड रिसर्च सेन्टर (वडा ४, ५, ६, ७ र ८)

- स्तुपा अस्पताल, बौद्ध (वडा ६, ७ र ८)

- सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र (वडा ३, ४ र ५ )

- त्रिवि शिक्षण अस्पताल (वडा ३, ४ र ५)

- हिमाल अस्पताल, नक्साल (वडा १, ५, २९ र ३०)

- नेपाल प्रहरी अस्पताल, महाराजगन्ज (२, १६ र २६) 

- सैनिक अस्पताल, छाउनी (वडा १३, १४, १५ र १९)

- जनमैत्री अस्पताल, बालाजु (वडा १६ र २६)