मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७७ फाल्गुण १३ बिहीबार ०९:३५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

क्षयरोग र कोभिड बारे कसरी थाहा पाउने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७७ फाल्गुण १३ बिहीबार ०९:३५:००

कोभिड महामारीका कारण अन्य रोग र तिनको निदानका विषय छायामा परेको छ । लामो समयसम्मको लकडाउन र संक्रमण फैलिने डरका कारण अधिकांश व्यक्ति अझै पनि अस्पताल आउन डराउने अवस्था छ । औषधिका भरमा केही समय नियन्त्रणमा राख्न सकिने रोगहरू विनाचेकजाँच घरमै मेडिकेसनका भरमा चलिरहेको छ । जसका कारण दीर्घरोगीहरू प्रत्यक्ष मारमा परिरहेका छन् ।

अस्पताल नियमित चेकजाँचको अभाव र आवश्यक मेसिनहरू उपलब्ध नहुँदा पछिल्लो समय ट्युबरक्लोसिस (क्षयरोग)का बिरामी बढेको केसहरू फेला परिरहेका छन् । कोभिड महामारी सामान्य हँुदै गएसँगै स्वास्थ्य परीक्षणका लागि अस्पताल आएका बिरामीहरूमा यस्तो केस देखिएको हो । 

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले पनि सन् २०२० मा क्षयरोगका बिरामी विश्वभरि नै बढेको अनुमान गरेको छ । यसकारण सन् २०२१ मा क्षयरोग नियन्त्रणका लागि छुट्टै कार्यक्रम बनाउन सदस्य देशहरूलाई निर्देशन दिएको छ । अध्ययनअनुसार कोभिड महामारीपछि कोभिड महामारी फैलिएको ६ महिनामा मात्रै क्षयरोगको समस्या २५ प्रतिशत बढेको छ । डब्ल्युएचओको पछिल्लो अध्ययनअनुसार कोभिडका कारण मात्रै सन् २००० देखि २०२५ सम्म करिब १.४ मिलियन व्यक्तिले क्षयरोगबाट ज्यान गुमाउने अनुमान छ । 

अस्पतालमा नियमित चेकजाँचको अभाव र आवश्यक मेसिनहरू उपलब्ध नहुँदा पछिल्लो समय ट्युबरक्लोसिस (क्षयरोग)का बिरामी बढेको केसहरू फेला परिरहेका छन् । कोभिड महामारी सामान्य हँुदै गएसँगै स्वास्थ्य परीक्षणका लागि अस्पताल आएका बिरामीहरूमा यस्तो केस देखिएको हो ।

क्षयरोग एक गम्भीर संक्रामक रोग हो । जसले विशेषगरी फोक्सोमा असर गर्छ । क्षयरोग खोक्दा वा हाच्छ्यँु गर्दा निस्कने एरोसेलको माध्यमबाट ब्याक्टेरिया अन्य व्यक्तिमा प्रवेश गर्न सक्छन् । क्षयरोगका बिरामीले लामो समयसम्म औषधि सेवन गर्नुपर्ने हुन्छ । नियन्त्रणमा राख्नका लागि चिकित्सकको सहयोगमा नियमित औषधि प्रयोग गर्नुपर्छ । नेपालमा क्षयरोग नियन्त्रणका लागि स्वास्थ्य संस्थाहरूले क्षयरोगविरुद्धको औषधि निःशुल्क दिन्छन् । 

क्षयरोग र कोभिडले विशेषतः फोक्सोमा बढी असर पार्ने र लक्षणहरू पनि उस्तै देखिन्छन् । साथै क्षयरोग र कोभिड भएका व्यक्तिमा मृत्युदर पनि बढी हुने सम्भावना देखिन्छ । सामान्यतया रुघा,खोकी र श्वास फेर्न कठिनाइ हुने समस्या दुवै रोगमा हुने गर्छ । दुवै रोगले फोक्सोमा असर गर्ने, नजिकको सम्पर्कबाट अर्कोमा व्यक्तिमा रोग सर्ने गर्छन् । तर, क्षयरोग कोभिडको तुलनामा ढिला सर्ने गर्छ । 

कसरी नियन्त्रणमा ल्याउने ?
कोभिडका कारण क्षयरोग संक्रमणको सम्भावना बढ्ने र पहिलेदेखि नै क्षयरोगको समस्या भएका व्यक्तिमा कोभिडले जटिलता ल्याउने हुँदा औषधिको प्रयोगमा विशेष ध्यान दिनुपर्छ । अस्पतालहरूमा क्षयरोग निदानलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न सकिन्छ । साथै समस्या देखिएका बिरामीमा नियमित फलोअपमा राखेर उपचार गर्न सकिन्छ । क्षयरोगका कुनै पनि लक्षण देखिए सम्बन्धित चिकित्सकसँग सल्लाह गर्न आवश्यक हुन्छ ।