मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ श्रावण ३० शुक्रबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण ३० शुक्रबार १२:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी यादवमाथि आक्रमण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ३० शुक्रबार १२:१८:oo

नयाँ पत्रिका दैनिकका सप्तरी संवाददाता सौरभ यादवमाथि शुक्रबार बिहान आक्रमण भएको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको दक्षिणी गेटअगाडि शुक्रबार १०:४२ बजे आफूमाथि तीनजनाको समूहले चक्कु, बेल्ट, हेलमेटले प्रहार गरेको यादवले बताए।

टाउको तथा शरीरमा चोट लागेका यादवको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ। ‘गेटअगाडि साथीहरूसँग कुरा गरिरहेको थिएँ, छिन्नमस्ता गाउँपालिका– १, वीरपुरका कृष्णनाथ यादव (क्याप्टेन),  राजविराज– ११ राजु यादव र विष्णुपुर गाउँपालिका– ७ का राजबाबु झाले एक्कासि आक्रमण गरे,’ यादवले भने।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसी जितेन्द्र बस्नेतले पत्रकार यादवमाथि आक्रमण गर्नेको खोजी भइरहेको बताए। ‘आक्रमण गर्नेमध्ये एकजनाको पहिचान भइसकेको छ, खोजिरहेका छौँ। कानुनअनुसार कारबाही हुन्छ,’ उनले भने।