१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार o७:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मुख्यमन्त्री राईलाई भीम आचार्यको चुनौती– ‘तागत भए प्रदेश सभा भंग गरेर देखाऊ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o७:oo:oo

नेकपा प्रचण्ड–नेपाल समूहका प्रदेश १ का इन्चार्ज तथा पूर्वमन्त्री भीम आचार्यले तागत भए प्रदेश सभा भंग गरेर देखाउन मुख्यमन्त्री शेरधन राईलाई चुनौती दिएका छन् । काठमाडौंमा शनिबार पत्रकारहरूसँगको भेटघाटमा इन्चार्ज आचार्यले प्रदेश सभा भंग गरिए जनआन्दोलनको बलमा पुनर्स्थापना गरेर लोकतान्त्रिक प्रक्रिया सुचारु गरिने सुनाए । 

‘तागत छ भने प्रदेश सभा भंग गरेर देखाए हुन्छ, म चुनौतीका साथ भन्दै छु,’ मुख्यमन्त्री राईको पछिल्लो चेतावनीलाई इंगित गर्दै आचार्यले भने, ‘हामी पुननर्स्थापना गरेर लोकतान्त्रिक प्रक्रिया सुचारु गरेरै छाड्छौँ ।’ गत शुक्रबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले सरकारलाई असहयोग जारी रहे, अविश्वासको प्रस्ताव फिर्ता नभए प्रदेश सभा भंग हुने चेतावनी दिएका थिए । 

अल्पमतमा परिसकेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने मुख्यमन्त्री लाजै नमानी लिसो टाँसिएजसरी कुर्सीमा टाँसिएको भन्दै आचार्यले व्यंग्य पनि गरे । अविश्वासको प्रस्तावबाट अल्पमतमा परेको प्रस्ट भएपछि नैतिकता भइदिएको भए खुरुक्क राजीनामा दिएर हिँड्नुपर्ने हो । तर, मुख्यमन्त्री लाजसरम पचाएर लिसो टाँसिएझैँ टाँसिएका छन् । के लोकतन्त्र र संसदीय व्यवस्थाको विधि यस्तै हुन्छ ?’ आचार्यले भने । 

केही सीप नलागेपछि मुख्यमन्त्री राई पक्षले सभामुख, उपसभामुख र सांसदहरूलाई धम्क्याउने र तर्साउने, प्रलोभनमा पार्ने कोसिस जारी राखेको आचार्यले बताए । उनले अल्पमतमा परेको सरकारले झन्डै दुई महिनासम्म अविश्वासको प्रस्ताव अघि बढ्न नदिएर संसद् अवरुद्ध बनाएको उदाहरण दुनियाँमा कहीँ पनि नभएको दाबी पनि गरे । गत १२ माघमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । 

ad
ad