Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका जनकपुरधाम
२०७७ माघ २९ बिहीबार ०८:५२:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

एसिडपीडितलाई प्रदेश २ सरकारले जागिर दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
२०७७ माघ २९ बिहीबार ०८:५२:००

आफ्नै श्रीमान्बाट एसिड आक्रमणमा परेकी जनकपुरकी आरती साहलाई प्रदेश २ सरकारले रोजगारी दिने भएको छ । प्रदेश २ का मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले साहलाई आगामी १ साउनदेखि बहाल हुने गरी कार्यालय सहायकको नियुक्ति दिने प्रतिबद्धता जनाएका हुन् । 

एसिड आक्रमणविरुद्धको अभियानका अभियन्ता उज्ज्वलविक्रम थापाको पहलमा मुख्यन्यायाधिवक्ता झाले आरतीलाई आफ्नै कार्यालयमा जागिर दिने प्रतिबद्धता जनाएका हुन् ।

आरतीको मुद्दा अहिले जिल्ला अदालतमा चलिरहेको छ । उपमहानगरपालिकाको पेठिया बजारमा श्रीमान् सञ्जीव साहले आरती र चार वर्षीया छोरी रियामाथि एसिड प्रहार गरेका थिए ।