१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सोनाम ल्होछारमा चौंँरीदेउरालीले तीन दिन बिदा दिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:o४:oo

काभ्रेको चौँरीदेउराली गाउँपालिकाले तामाङ समुदायको सांस्कृतिक पर्व तथा नयाँ वर्ष २८५७ लाङ (म्हे) सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ल्होछारमा सार्वजनिक बिदा दिने निर्णय शुक्रबार सम्पन्न गाउँसभाले गरेको हो । 

सार्वजनिक बिदा माघ २९, ३० र फागुन १ गते दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता तथा ३ नं. वडाध्यक्ष विनोद घिसिङले जानकारी दिए । तामाङ समुदायको बाहुल्य रहेको यस गाउँपालिकामा यो वर्षदेखि तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

तामाङ समुदायको महान् पर्वको रूपमा रहेको सोनाम ल्होछारको प्रवर्द्धन र विकास गर्नु सरकारको दायित्व भएकोले सोनाम ल्होछारमा तीन दिन सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष दीननाथ गौतमले जानकारी दिए । ‘नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिमक मुलुक हो । सबै समुदायको भाषा, धर्म, संस्कृतिको रक्षा, विकास र सम्बर्द्धन गर्नु सरकारको दायित्व हो,’ अध्यक्ष गौतमले भने, ‘त्यसैले यसपटकदेखि हाम्रो गाउँवासी जनताको भावनाको सम्मान गर्दै आफ्नो सांस्कृतिक पर्व धुमधामका साथ मनाउने वातावरण बनोस् भनेर ल्होछारमा तीन दिन सार्वजनिक बिदा दिने हामीले निर्णय गरेका हौँ ।’

अध्यक्ष गौतमले हिन्दू धर्मावलम्बीहरूको पर्व दसैँ र तिहारलाई जति नै अरू समुदायको चाडपर्व र संस्कारलाई पनि उत्तिकै सम्मान र समान व्यवहार गर्दै अघि बढ्ने बताए । सोहीअनुसार यो वर्षमा गाउँपालिकाले गाउँपालिकास्तरीय ल्होछार सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ । गाउँपालिकाले सो कार्यक्रमका लागि बजेटको समेत व्यवस्था गरेको प्रवक्ता घिसिङले जानकारी दिए । घिसिङका अनुसार सांस्कृतिक कार्यक्रम वडा नं. ७ को मादनकुँडारीमा आयोजना गरिएको छ । 

ad
ad