Skip This
प्रधानमन्त्री कार्यालयमा विरोधपत्र दर्ता नभएपछि हनुमानस्थानमा नाराबाजी (भिडियोसहित)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार १७:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री कार्यालयमा विरोधपत्र दर्ता नभएपछि हनुमानस्थानमा नाराबाजी (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १७:१७:oo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले प्रतिनिधिसभा विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी ओलीलाई विरोध–पत्र लेखेको छ । अनेरास्ववियुले प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटनको विरोध गर्दै लेखिएको पत्र आइतबार बुझाउन चाहे पनि समय नदिएपछि ब्यानर बनाएर प्रदर्शन गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जाँदा पनि विरोधपत्र दर्ता नभएपछि अनेरास्ववियुले अनामनगर हनुमानस्थानस्थित सडकमा नाराबाजी तथा प्रदर्शन गरेको छ । अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले देश गम्भीर संकटमा रहेको वेलामा युवा विद्यार्थीको तर्फबाट प्रधानमन्त्री ओलीसमक्ष आफ्नो भावना तथा धारणा राख्नु कर्तव्य ठानी प्रयास गरिए पनि समय नदिएकोमा आपत्ति जनाए । आगामी दिनमा ओली सरकारका मन्त्रीको देश–दौडाहामा विरोध प्रदर्शन गरिने तामाङले बताए । 

अनेरास्ववियुले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर विरोधको कार्यक्रम गर्दै आएको छ ।
 

ad
ad