Skip This
वर्षमान पुनको दाबी– प्रचण्डलाई गृहमन्त्रीले सडकबाटै उठाउन आदेश दिए
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार १९:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वर्षमान पुनको दाबी– प्रचण्डलाई गृहमन्त्रीले सडकबाटै उठाउन आदेश दिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १९:४६:oo

नेकपा स्थायी कमिटी सदस्य वर्षमान पुनले अध्यक्ष प्रचण्डलाई गृहमन्त्री रामबहादुर थापाले सडकबाटै उठाउन गृह प्रशासनलाई आदेश दिएको दाबी गरेका छन् । आमहडतालमा सहभागीलाई चाबहिलमा सम्बोधन गर्दै पुनले ज्ञानेन्द्र शाहको निरंकुशतासँग लडेर आएका आफूहरू केपी ओली र रामबहादुर थापासँग नतर्सने बताए ।
 
‘प्रचण्डलाई गृहमन्त्रीले सडकबाटै उठाउन आदेश दिएको खबर सुनेको छु,’ पुनले भने । ओली सधैँ प्रधानमन्त्री र थापा सधैँ गृहमन्त्री रहिनरहने भन्दै पुनले आन्दोलन सफल भएर पदबाट हटेका दिन सेना र प्रहरीले नै उनीहरूलाई उठाएर हिरासतमा राख्ने दाबी गरे ।

‘सेनाका बख्तरबन्द गाडी र ट्यांकर निकालेर जनता तर्साउन खोजिएको छ । हामी सबै लडेर आएका छौँ । जनता लडेर आएका छन्,’ पुनले भने, ‘खबरदार, केपी ओली र रामबहादुर थापा सधैँ प्रधानमन्त्री र गृहमन्त्री भइराख्दैनन् । पदबाट झरेको भोलिपल्ट उठाएर ल्यायो भने के हुन्छ ? कसैले घिसारेर उठायो भने कसले संरक्षण गर्छ ?’

राज्यशक्तिको दुरुपयोग गर्नेको हालत ज्ञानेन्द्रको जस्तै हुने भन्दै पुनले धम्की बन्द गर्न चेतावनी दिए । ‘ज्ञानेन्द्र देशैभरि ¥याली गर्दै हिँडे । लाखौँ जनता महाराज भन्दै जान्थे । बुझेँ, सुनेँ भन्दै टाउको हल्लाएर हिँडेका थिए । आज कहाँ टाउको हल्लाउँदै हिँडेका छन् थाहा छ कि छैन ?’ पुनले भने, ‘जसले राज्यशक्तिको दुरुपयोग गर्छ त्यसको हालत ज्ञानेन्द्र शाहको जस्तै हुन्छ ।’ 

निरंकुश सत्ता चलाउन खोज्दा बाउबाजेको पालादेखि दुई सय ४० वर्षसम्म शासन गरेको, सेना, पुलिस मेरै हो, राज्य मेरै हो भनेर हिँडेका ज्ञानेन्द्रको हविगत स्मरण गर्न पुनले ओलीलाई सुझाब दिए । आफूहरूको आन्दोलन केपी ओलीका एकपछि अर्को असंवैधानिक कदम, निरंकुशता र स्वेच्छाचारिताविरुद्ध तथा संविधानको रक्षा र लोकतन्त्र बहालीका लागि भएको बताए । 

नेता पुनले आवश्यक परे आफूहरू युवा, मजदुर, किसानको हित तथा लोकतन्त्र र संविधानको रक्षाका लागि जेल जानसमेत तयार रहेको उल्लेख गरे । तर, आफूहरू दमन सहन र आत्मसमर्पण गर्न तयार नरहेको बताए । ‘हामीले आत्मसमर्पण या झुक्न र भाग्न जानेका छैनौँ । हिजो ज्ञानेन्द्रसँग पनि भागेको होइन, कुनै निरंकुश सत्तासँग पनि भागेको होइन,’ पुनले भने, ‘केपी र रामबहादुर थापा त अस्ति भर्खरै देखेका, के सोच्छन्, कसरी चल्छन् सबै थाहा छ । ३० वर्ष, ४० वर्षदेखि देखिराखेका मान्छेहरूले आज वरिपरि सेना, प्रहरी राखे, स्कर्टिङमा हिँडेर एकछिन महाराज भएकोजस्तो कल्पना नगरे हुन्छ ।’

ad
ad