१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ २२ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ २२ बिहीबार o६:५३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नाडाद्वारा ट्राफिक प्रहरीलाई फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ २२ बिहीबार o६:५३:oo

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ट्राफिक प्रहरीलाई पाँच सय थान फ्लोरोसेन्ट ज्याकेट प्रदान गरको छ । एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वको ६ सदस्यीय नाडा प्रतिनिधिमण्डलले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्याम अधिकारीलाई ज्याकेट हस्तान्तरण गरेको हो । 

महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्याम अधिकारीले राजधानीको ट्राफिक व्यवस्थापनको सन्दर्भमा देखिएका विभिन्न समस्या र चुनौतीबारे चर्चा गर्दै ट्राफिक व्यवस्थापनमा सजह हुने व्यवस्थाका लागि नाडासँग मिलेर काम गर्न इच्छुक रहेको बताएको नाडाले जनाएको छ ।

नाडाका अध्यक्ष दुलालले महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीको ट्राफिक व्यवस्थापनमा देखाएको भूमिकाको प्रशंसा गर्दै यसलाई अझ थप सुधार गर्नुपर्ने खाँचो रहेको र नाडा त्यसका लागि सहयोग गर्न तयार रहेको बताएको नाडाले 
जनाएको छ । 

विगतमा पनि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरी तथा प्रहरी कार्यालयहरूलाई मोटरसाइकल, कुर्सी, ट्राफिक चिह्न बोर्ड प्रदान गर्दै आएको नाडाले जनाएको छ । नाडाले २०६७ सालदेखि नै प्रत्येक साधारणसभामा राजधानीका उत्कृष्ट तीनजना ट्राफिक प्रहरीलाई कदरपत्रसहित प्रोत्साहनस्वरूप जनही २५ हजार रुपैयाँ प्रदान गर्दै आएको उल्लेख गरेको छ ।