मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १५ बिहीबार १९:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई आवश्यकताको आधारमा कार्यान्वयन गर्न निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १५ बिहीबार १९:३२:००

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई आवश्यकताको आधारमा कार्यान्वयन गर्न निर्देशन दिएकी छिन् । शीतलनिवासमा आयोजित छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले कार्यक्रमलाई विद्यालय शिक्षाको विकासमा केन्द्रित भई अघि बढाउन निर्देशन दिएकी हुन् । 

उनले पूर्वाधार विकास एवं शैक्षिक सुधारका लागि योगदान पुग्ने गरी स्रोतको परिचालन तथा समयमै काम सम्पन्न गर्न पनि भनेकी छिन् । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) डा. उषा झा, शिक्षासचिव गोपीनाथ मैनाली, शिक्षा मन्त्रालयको योजना महाशाखा प्रमुख डा. तुलसी थपलिया र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको उपस्थिति थियो ।

सरकारको चालू आर्थिक वर्ष ०७७–७८ को वार्षिक कार्यक्रम तथा योजनामा उल्लेख भएको कार्यक्रम कार्यान्वयनको अवस्थाको विषयमा जानकारी गराउन मन्त्री श्रेष्ठसहितको टोली शीतलनिवास पुगेको थियो । 

छलफलमा मन्त्री श्रेष्ठले लक्ष्यअनुसार कार्यक्रमलाई अघि बढाउन सिंगो मन्त्रालय लागिपरेको जानकारी दिए । उनले कार्यक्रमको लक्षित बजेटअनुसार काम गर्न प्रक्रिया अघि बढाइएको बताएका छन् ।