प्रतिगमनविरुद्ध जारी आन्दोलनले देशव्यापी जागरण पैदा गर्‍यो : नेकपा प्रचण्ड-माधव समूह

बिहिबार, १५ माघ, २०७७
डिजिटल संस्करण

नेकपा केन्द्रीय संघर्ष समितिको सचिवालयको आज बसेको बैठकले प्रतिगमनविरुद्ध जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको उल्लेख गर्दै यसलाई अझ उचाइमा पुर्याउनेमा जोड दिएको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वय पुषपकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आन्दोलनमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिँदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले  जनपरिचालन गर्नुको विकल्प नरहेको स्पष्ट पारे ।

आफूहरूसँग केन्द्रीय कमिटीको दुईतिहाइ रहेको र निर्वाचन आयोगले पनि त्यही उल्लेख गरेकाले कुनै द्विविधाविना लाग्नुपर्ने बताए । 

अध्यक्षद्वयले संविधान भत्काएर केपी ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको त्यही रूपमा प्रतिवाद गर्न तयार रहन कार्यकर्तापंक्तिलाई निर्देशन दिए । बैठकले यही माघ २८ गते काठमाडौंमा आयोजना हुने जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउनेबारे कार्ययोजना बनाएको छ ।

सुझावित समाचार