१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ १४ बुधबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ १४ बुधबार o९:२९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मध्यवर्ती क्षेत्रबाट ३३ बन्दुकसहित आठ पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ १४ बुधबार o९:२९:oo

से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट ३३ बन्दुकसहित आठजनालाई पक्राउ गरिएको छ ।  निकुञ्जले डोल्पाको मध्यवर्ती क्षेत्रमा पर्ने जगदुल्ला गाउँपालिकाको काईगाउँ, हुरिकोट, माझगाउँ, झयाकोट र छाँचुबाट आठजनालाई पक्राउ गरिएको निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । उनीहरूबाट भरुवा बन्दकु ३३ वटा र दुईनाले बन्दुक दुईवटा बरामद गरिएको निकुञ्जले जनाएको छ । 

बन्दुकसहित पक्राउ परेका आठैजनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको निमित्त प्रमुख संरक्षण अधिकृत पौडेलले बताए । उनका अनुसार चोरी सिकारी नियन्त्रण गर्न निकुञ्जले अभियान नै चलाएर विभिन्न ठाउँमा टोली परिचालन गरेको छ । यसअघि पनि निकुञ्जले ३७ वटा भरुवा बन्दुक, एउटा कटुवा पेस्तोल र १० वटा इन्सास राइफलको गोली बरामद गरेको थियो । अहिलेसम्म ७० वटा भरुवा बन्दुक बरामद गरिसकेको निकुञ्जले जनाएको छ ।