१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
मञ्जु टेलर काठमाडौं
Invalid date format १७:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चोरीका २४ मोटरसाइकल बरामद गरी सम्बन्धित धनीलाई हस्तान्तरण

Read Time : < 1 मिनेट
मञ्जु टेलर, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१९:oo

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकल बरामद गरी सम्बन्धित सवारीधनीलाई जिम्मा दिएको छ । महाशाखाले पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको विशेष अप्रेसन टोलीले चोरीका मोटरसाइकलको खोजी तीव्र पारेको छ । 

मोटरसाइकल हराएको उजुरी दिएका दिनेश थापामगर, नवीन गुरुङ, सुरज गिरी, विशाल राई, तीर्थप्रसाद भण्डारी, भरत थापा, अजय तुलाधर, शिवराम ढकाल, मन्दीप राई, ईश्वरी लामिछाने, सर्वज्ञ खड्का, विधान राई, शंकरप्रसाद बारकोटी, जितामित्र सुनार, छिरिङ तामाङ, नारायणप्रसाद राजथला, नर्बु शेर्पा, ममता थापा, केशरबहादुर थापा, श्यामकुमार वकि, धालबहादुर कार्की, थानेश्वर पोखरेल, सुनिता प्याकुरेल र विक्रम महर्जनको मोटरसाइकल खोजी गरी जिम्मा लगाइएको महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । 

पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढ्दै गएकोले जथाभावी मोटरसाइकल पार्किङ नगर्न, अतिरिक्त लक प्रयोग गर्न वा साइरनलगायत उपकरण प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । महाशाखाले चालू आर्थिक वर्षमा १९९ वटा मोटरसाइकल अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताएको छ भने चोरीमा संलग्न ३५ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ ।