१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ माघ १२ सोमबार १३:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्वोच्चको मुख्य रजिस्ट्रार निरौलासहित तीनजना मुख्य न्यायाधीशको नियुक्ति 

Read Time : < 1 मिनेट
२०७७ माघ १२ सोमबार १३:५३:००

न्यायपरिषद्ले तीनजना मुख्य न्यायाधीश नियुक्त गरेको छ । परिषद्को आइतबार बसेको बैठकले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नृपध्वज निरौलासहित तीनजना न्यायाधीशलाई नियुक्त गरेको हो । जसमध्ये दुईजना बहालवाला न्यायाधीश हुन् ।

‘नृपध्वज निरौला, प्रकाशचन्द्र गजुरेल र नीता गौतमलाई नियुक्त गरिएको हो,’ परिषद् सदस्य रामबहादुर श्रेष्ठले भने, ‘दुईजना उच्च अदालतमै न्यायाधीशका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँहरूलाई उही अदालतमा मुख्य न्यायाधीश बनाइएको हो ।’

गजुरेल उच्च अदालत जनकपुरमा र गौतम दाङ उच्च अदालतमा कायममुकायम न्यायाधीशका रूपमा कार्यरत थिए । उनीहरूलाई आफू कार्यरत अदालतकै मुख्य न्यायाधीशका रूपमा पदस्थापन गरिएको हो ।

निरौलालाई उच्च अदालत दिपायलको मुख्य न्यायाधीशमा नियुक्ति गरिएको छ ।