१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २२ शनिबार १o:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

वैशाखमा चुनाव हुँदैन : महामन्त्री कोइराला

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:३८:oo

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वैशाखमा चुनाव नहुने बताएका छन् । शनिबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस महामन्त्री कोइरालाले चुनाव नहुने बताएका हुन् ।

‘अहिले पनि नेकपा पार्टी कानुनी रूपमा फुटेको छैन, ‘महामन्त्री कोइरालाले भने, ‘निर्वाचन आयोगले सूर्य चुनाव चिह्न कसलाई आधिकारिक दिन्छ, नपाउने समूहले विरोध र अदालत जान्छ, यही कारण पनि वैशाखमा चुनाव हुँदैन ।’ 

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर लोकतन्त्र र संविधानमाथि नै कुठाराघात गरेको बताउँदै उनले कांग्रेस पुनर्स्थापनाकै पक्षमा रहेको बताए । 

‘ओलीले तीन वर्षमा विकासका नाममा एक इँटासमेत थप्न सकेनन, ‘उनले भने, ‘जति गिरिजाले तीन वर्षमा थुप्रै ऐतिहासिक काम गरेका थिए ।’ विगतदेखि चलिरहेको कार्यक्रममा ओलीले निरन्तरता मात्र दिएको बताउँदै उनले कोरोना कहरबाट थलिएको अर्थतन्त्र माथि उकास्नका लागि कुनै योजना अघि नसारेको बताए । 
 

ad
ad