मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ९ शुक्रबार १८:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झलनाथ खनालको दाबी– केपी ओली पार्टीको भगौडा (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ९ शुक्रबार १८:५५:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली पार्टीको भगौडा भएको टिप्पणी गरेका छन् । शुक्रबार राजधानीमा आयोजित विरोध सभामा खनालले प्रतिगमन गरेका कारण ओली पार्टीबाट भाग्नुपर्ने अवस्था बनेको बताए । 

क्रान्ति र प्रतिक्रान्तिको विभिन्न शृंखला हुँदै नेकपाले ७१ वर्ष पार गरेको स्मरण गर्दै खनालले ओली कम्युनिस्ट आन्दोलनभित्रको घातक तत्व रहेको दाबी गरे । ओली नेकपाको अध्यक्ष बन्न लायक नरहेको उनको भनाइ छ । ओलीले सानो गुट बनाएर पार्टीलाई चोइट्याएको बताउँदै खनालले नेकपा बलियो र सुदृढ पार्टी बन्ने बताए । 

प्रतिनिधिसभा विघटनलाई प्रधानमन्त्री ओलीले राजनीतिक कदम भन्ने गरेको भन्दै खनालले यो राजनीतिक कदम नभई प्रतिगमनकारी कदम भएको टिप्पणी गरे । प्रधानमन्त्रीले संविधानअनुसार चल्नुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले जनताले स्थिरताको निम्ति दिएको जनादेशविरुद्ध आक्रमण गरेको तथा संविधानलाई च्यातेर ध्वंसको थालनी गरेको उनले बताए । उनले जनता कतातिर छन् भनेर सडकमा आएर हेर्न प्रधानमन्त्री ओलीलाई चुनौती पनि दिए । 

खनालले संविधानले बनाएको सर्वोच्च अदालत भएकाले सर्वोच्चले संविधानबाहिर गएर कुनै व्याख्या–विश्लेषण गर्न नमिल्ने बताए । सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापना गर्नुको विकल्प नभएकोमा खनालले जोड दिएका छन् ।