मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ माघ ९ शुक्रबार
  • Thursday, 10 July, 2025
२o७७ माघ ९ शुक्रबार o७:३१:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बागमती प्रदेश सभा बैठक आज, अविश्वास प्रस्तावबारे अन्योल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ माघ ९ शुक्रबार o७:३१:oo

बागमती प्रदेश सभा बैठक आज बस्ने भएको छ । तर, मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे भने अन्योल नै छ । दलहरूको आग्रहपछि सभामुख सानुकुमार श्रेष्ठले शुक्रबार दिउँसो १ बजे बैठक बोलाएको प्रदेश सभा सचिवालयले जनाएको छ । विहीबार साढे चार घन्टा चलेको कार्यव्यवस्था समितिको बैठकमा बैठक बोलाउन सभामुख श्रेष्ठ राजी भएका हुन् । 

बैठक सञ्चालनका लागि प्रदेश सभामा रहेका सबै दल सहमत भए पनि सभामुखले आनाकानी गर्दै आएका थिए । तर, शुक्रबारको कार्यसूची भने तय गरेका छैनन् । कांग्रेस संसदीय दलका सचेतक छिरिङ दोर्जे लामाले संसद्मा रहेका सबै दलका सदस्यले शुक्रबार बिहान ११ बजे बैठक सञ्चालन गर्न सभामुखलाई आग्रह गरे पनि सभामुखले थप छलफल गर्नुपर्ने भन्दै पन्छिएको बताए ।

‘सभामुखकै कारण बैठक कहिले सञ्चालन हुने अनिश्चित भएको थियो,’ उनले भने, ‘सभामुखले अन्ततः बैठक आह्वान गरे पनि कार्यसूची सार्वजनिक गरेका छैनन् ।’ सचेतक लामाका अनुसार सहभागीहरूले शुक्रबार बैठक आह्वान गरेर अविश्वास प्रस्ताव टेबुल गरी पर्याप्त छलफलका लागि समय तोक्न आग्रह गरेका थिए । 

नेकपाका सांसद शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा मन्त्री रामेश्वर फुयाँललाई कार्यव्यवस्था परामर्श समितिमा राखेर छलफल गरेको भन्दै विरोध जनाए । उनले सभामुखको भूमिकामाथि नै प्रश्न उठेको बताए ।