मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ माघ ८ बिहीबार २०:१४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

भ्याक्सिन लगाएपछि कमजोर महसुस हुनु सामान्य हो ?

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ माघ ८ बिहीबार २०:१४:००

भारत सरकारले नेपाललाई अनुदानमा दिएको भ्याक्सिन बिहीबार नेपाल आइपुगेको छ । अक्सफोर्ड÷एस्ट्राजेनेका र सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक भ्याक्सिनको १० लाख डोज नेपाल आइपुगेको हो । भ्याक्सिन नेपाल आइपुगेसँगै महामारी नियन्त्रणमा आशा बढेको छ ।

तर, भ्याक्सिन उपलब्धताको खुसीसँगै यसको साइडइफेक्टले आममानिसमा त्रास पनि बढाइरहेको छ । भारतमा पछिल्लो समय प्रयोग भइरहेको कोभिसिल्ड र कोभ्याक्सिनले साइडइफेक्ट देखाएका समाचारसमेत आइरहेका छन् । भ्याक्सिन लगाएपछि भारतमा देखिएको साइडइफेक्ट तुलनात्मक रूपमा कम भएको र जोखिमयुक्त नभएको विज्ञहरूले आश्वासन दिएका छन् । तैपनि कोभिड भाइरसविरुद्धको भ्याक्सिन लगाइसकेपछि भारत र अन्य देशका प्रयोगकर्ताले कमजोरी महसुस गरेको गुनासो गरिरहेका छन् । 

भ्याक्सिनेसनपछिको कमजोरी महसुस भ्रम मात्रै
विज्ञहरूले भने भ्याक्सिनेसनपछि थकान, कमजोरी महसुस हुनु (साइडइफेक्ट) भ्रम मात्रै भएको टिप्पणी गरेका छन् । चिकित्सकहरूका अनुसार सामान्यतया भ्याक्सिन लगाइसकेपछि शरीरमा प्रतिरक्षा प्रणाली सक्रिय हुने र एन्टिबडी उत्पादन सुरु हुन्छ । भ्याक्सिनले शारीरिक प्रक्रियामा एक्कासि फरक पार्ने हँुदा ज्वरो आउने, पखाला लाग्ने, खोप लगाएको ठाउँमा दुख्ने भएकाले कमजोरीपन अनुभव भएको हुन सक्छ । जसलाई मेडिकल भाषामा सामान्य मानिन्छ । यस्ता स्वास्थ्य समस्या केही समयको अन्तरालमा आफैँ ठीक हुन्छ । 

कमजोरी महसुस के कारणले हुन्छ ?
थकान र कमजोरीपन हरेक स्वास्थ्य समस्यासँग जोडिएर आउने गर्छन् । प्रतिरक्षा प्रणाली बढी सक्रिय हुँदा वा कमजोर हँुदा थकान महसुस हुने गर्छ । संक्रमण, संक्रमित कोषहरू शरीरमा दु्रत गतिमा फैलिने हुँदा पनि थकान महसुस हुन्छ । जब शरीरमा भ्याक्सिन लगाइन्छ, संक्रमित जम्सहरूको प्रतिक्रियाका कारण केही व्यक्तिमा कमजोरीपन देखिन सक्छ । तर, हरेक कमजोरीपन भ्याक्सिनसँग सम्बन्धित नहुन सक्छ । अर्थात् कमजोरीपन मोटोपना, तनाव, मुडमा परिवर्तन, रोग निको हुने समय आदिका कारण पनि देखिने गर्छ । यदि भ्याक्सिन लगाइसकेपछि एक्कासि कमजोरी महसुस भए चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । 

यद्यपि, भ्याक्सिनका कारण कमजोरी महसुस हुनुलाई सामान्य मानिएको छ । शारीरिक कमजोरीका कारण दैनिक क्रियाकलापमा नै असर पर्ने भए पनि भ्याक्सिनले भाइरसविरुद्ध काम गरिरहेको पुष्टि हुन्छ । यो समस्या हटाउन शक्तिबर्धक खानेकुरा र जुसहरू खान चिकित्सकहरूको सल्लाह छ । यदि असामान्य लक्षण देखिएमा सम्बन्धित चिकित्सकको सल्लाह वा उपचार लिनुपर्छ ।