मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ माघ १ बिहीबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ १ बिहीबार १८:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनको भाव शान्त र शुद्ध पार्न योग आवश्यक : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ १ बिहीबार १८:३८:oo

प्रधानमन्त्री केपी ओलीले मनको भाव शान्त र शुद्ध पार्न योग आवश्यक रहेको बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ संयोजकत्वको राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा प्रधानमन्त्रीनिवास बालुवाटारमा  भएको योग दिवसलाई सम्बोधन गर्दै ओलीले  नेपालमा करिब १५ हजार वर्षअघि योग सुरु भएको बताए । 

आदी योगको भूमिको रूपमा रहेको नेपाललाई योगमय बनाउन योगगुरुहरूको महत्वपूर्ण भूमिका रहेको बताए । उनले भने, ‘मानव, जीव, अन्य जीव र प्रकृतिसँग जोडिएको शब्द योग हो, हरेक नेपालीले स्वस्थ रहन हरेक दिन योग गर्न आवश्यक छ ।’

उनले जीवनलाई कसरी मानव जीवन बनाउने भन्ने विषय योगसँग जोडिएको उल्लेख गर्दै योगकै कारण अधिकांश नेपाली स्वस्थ भएको उल्लेख गरे । हरेक वर्षको जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरेको स्मरण गराउँदै उनले सो दिन नेपालकै सहमतिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघबाट पारित गरेको बताए । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेका थिए ।  

ओलीले करिब १० मिनेट योग अभ्यास गरेपछि करिब एक घन्टा बोलेका थिए ।