१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o५:५o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

इजी ट्याक्सी नेपाल एपमा आबद्ध ट्याक्सीलाई प्रभु इन्स्योरेन्सले बिमा सेवा दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o५:५o:oo

इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालमा मोबाइल एप तथा अनकल अनलाइन ट्याक्सी सेवा सञ्चालन गर्दै आएको इजी ट्याक्सी नेपालका ट्याक्सीहरूलाई बिमा सेवा–सुविधा उपलब्ध गराउने विषयमा प्रभु इन्स्योरेन्ससँग सहकार्यको सम्झौता भएको हो ।

इजी ट्याक्सी नेपालका प्रमुख कार्यकारी अधिकृत सञ्जित पौडेल र प्रभु इन्स्योरेन्स लिमिटेडका सञ्चित बज्राचार्यले सम्झौतामा हस्ताक्षर गरेको कम्पनीले जनाएको छ । सम्झौतापछि प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले इजी ट्याक्सी नेपालअन्तर्गत ट्याक्सी सेवा सञ्चालन गरिरहेका ट्याक्सीधनीलाई बिमा सुरक्षाको सम्पूर्ण सेवा उपलब्ध गराउन सहज हुने र दाबी भुक्तानीलाई सरल रूपमा फस्र्योट गरिने बताए ।

कार्यक्रममा कम्पनीले आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमार्फत सञ्चालन भएका बिमा सेवा–सुविधाका लागि संयुक्त सचेतना र सुविधाका कार्यक्रमहरू तयार पार्ने सहमतिसमेत गरेको जनाइएको छ । इजी ट्याक्सीका प्रमुख कार्यकारी अधिकृत पौडेलले एपमा आधारित भएर सेवा दिइरहेका ट्याक्सी व्यवसायीको बिमा सुविधा सुनिश्चित गरिने र त्यसले इजी ट्याक्सी एपको सेवा विस्तार हुने आशा व्यक्त गरेका थिए ।