१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार १४:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रतिगमन भएको छैन, चुनावपछि देशले अग्रगमनको बाटो समात्छ : देवेन्द्र दाहाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:o५:oo

राष्ट्रिय सभाका सांसद देवेन्द्र दाहालले चुनावपछि देशले अग्रगमनको बाटो समात्ने बताएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा उनले प्रधानमन्त्रीको कदम प्रतिगामी नभएको दाबी गरे । 

उनले भने, ‘ढुक्कसँग भन्न सक्छु– यो प्रतिगमनचाहिँ हाेइन । के यो कदम राजा ज्ञानेन्द्रले ०५९ मा राज्यशक्ति आफैमाँ केन्द्रित गरेर सबै राजनीतिक गतिविधिलाई प्रतिबन्ध गरेको अवस्था हो र ? ३/४ महिनापछि चुनाव गर्ने भनेको छ, सबैले यो निर्वाचनमा भाग लिन पाउने अवस्था छ । नागरिक अधिकारहरू कतै पनि खोसिएका छैनन् । यसो सडकमा लागेको केही घिनलाग्दा नाराहरू पनि यसो हेरौँ न, राष्ट्रपतिका विरुद्ध उठाइएका नाराहरू, यो सदनमा ध्यानाकर्षण भइसकेको छ । यो तर कहाँ पुगेको छ ? बरु यो अराजकता सिर्जना भएको छ, प्रतिगमन हाेइन । यो अराजकतालाई कसरी नियन्त्रण गर्ने ? यो एउटा गम्भीर विषय भएको छ ।’

कोभिडमा पनि सडकमा निर्वाध गतिविधि भइरहेकोमा उनले असन्तुष्टि जनाए । उनले भने, ‘कोभिड महामारीका बीचमा पनि सडकमा निर्वाध रूपमा गतिविधि भइरहेका छन् । अनि यो कसरी प्रतिगमन भयो ? यो त अझै अग्रगमन पो भएन र ? त्यसैले विपक्षी दलका साथीहरूलाई देश सामान्य ढंगले अघि बढिहेको छ, कुनै अनिश्चयको भुमरीमा छैन, चुनावपछि देशले अग्रगमनको बाटो समात्छ । देशलाई कुनै रेस्क्यु गर्नुपर्ने जरुरी छैन ।’

ad
ad